मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

कांग्रेस असफल भए देश र संविधान नै असफल हुन्छ : बालकृष्ण खाण

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले कांग्रेस असफल भए देश र संविधान नै असफल हुने दावी गरेका छन् । उनले कांग्रेसको बारेमा देशव्यापी रुपमा भएको टिकाटिप्पणीलाई उत्साहमा बदल्दै लैजानुपर्नेमा जोड दिए ।

कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीद्वारा बिहीबार भैरहवामा आयोजित १०० दिने विशेष राष्ट्रिय अभियान समापन तथा प्रतिनिधि सम्मान कार्यक्रममा खाणले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस जीवन्त, गतिशील र जनताको भरोसाको पार्टी भएकोले टिकाटिप्पणी आउनु स्वभाविक भएको बताए ।  ‘जसको भविष्य छैन, जो जीवन्त छैन, त्यसको बारेमा टिकाटिपप्णी हुँदैन, उनले भने । कांग्रेसको विकल्पमा अरु पार्टी नभएको भन्दै कांग्रेस असफल भए देश असफल र संविधान नै असफल हुने उनले दावी गरे । 

पूर्व गृहमन्त्री समेत रहेका खाणले लुम्बिनीदेखि मुक्तिनाथसम्मको यात्रालाई सहज गराउने कामका लागि राज्य गम्भिर हुन आवश्यक रहेको बताए  । उनले यसको लागि सुरक्षित बाटो निर्माणका लागि आफूहरुले लुम्बिनी र गण्डकी सरकारलाई पटकपटक आग्रह गर्दै आएको समेत जानकारी दिए । 

त्यस्तै कांग्रेसका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश योजना आयोगका उपाध्यक्ष एवं रुपन्देहीका लागि केन्द्रिय प्रतिनिधि डा. जीवन रानाले महिला संघको क्रियाशील सदस्यता वितरण गर्न आग्रह गरिन् । उनले महिलाहरुलाई पार्टीमा निरन्तरता र धैर्यता दिन जोड दिइन् । उनले धैर्यता र निरन्तरता दिन नसक्नेले राजनीति गर्नै नसक्ने दावी गरिन् । 

कांग्रेस रुपन्देहीका सह–सचिव बासुदेव रिमालको स्वागतमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति भरत कुमार शाह, केन्द्रीय सदस्य नयन सिंह महर, रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, क्षेत्र नम्बर २ का सभापति प्रजापाल गिरी, रुपन्देही १ (२) सभापति मदन प्रसाद पोखरेल, तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का सभापति केशरी पाण्डे, दामोदर पौडेल लगायतले बोलेका थिए ।

कांग्रेसले रुपन्देही जिल्लाको १ सय ५५ वटा वडामा जिल्लाबाट प्रतिनिधिहरु खटाएको थियो । जसमा उत्कृष्ट काम गर्ने १० जना प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा कांग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खडका र कांग्रेस तिलोत्तमा वडा नम्बर ३ का सभापति केशरी पाण्डे रहेका छन् । अग्रज नेतातर्फ कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल र शैलेन्द्र कुमार अधिकारीलाई सम्मान गरिएको थियो ।

कांग्रेसको एकसय दिने अभियानमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै सुष्मा हमाल, नरेश कुमार श्रेष्ठ, प्रेम नारायण कुर्मी,  राजकुमार वाग्ले, लेखनाथ भट्टराई, जन्नतुन निशा, तिलकराम ज्ञवाली, ओम कुमार श्रेष्ठलगायतलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार