भैरहवा । भारतको अग्रणी टाइल्स उत्पादक कम्पनी सेरा (ऋभ्च्ब्) को नेपालको आधिकारी विक्रेताको रुपमा तिलोत्तमको पत्थरडाँडामा रहेको न्यू तिलोत्तमा मार्बल सेन्टर तोकेको छ । बुधबार एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले न्यू तिलोत्तमा मार्बल सेन्टरको शोरुमको उद्घाटन गरेका छन् ।
उनले सेराको आधिकारीक विक्रेता तिलोत्तमा नगर पालिकामा तोकिएकोले यसले तिलोत्तमा नगरपालिकाको आर्थिक विकास, आर्थिक अवश्था चलायमान गराउन र यहा रोजगारीको अवश्था श्रृजना गर्ने बताए । उनले नेपालको निर्माण उद्योगमा द्रुत गतिमा विकास भइरहेको बताउदै उच्च गुणस्तरका निर्माण सामग्रीहरूको माग पनि बढ्दै गएको छ र सेरा टाइल्सले यस मागलाई सम्बोधन गर्दै नेपाली उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्पादनहरू उपलब्ध गराउने विश्वास व्यक्त गरे । आधिकारिक विक्रेता मार्फत उत्पादनहरूको सहज उपलब्धताले गर्दा उपभोक्ताहरूलाई आफ्नो आवश्यकता अनुसारका टाइल्स छनोट गर्न सजिलो हुने खाँणले बताए ।
सेरा टाईल्सको क्षेत्रिय प्रवन्धक ब्रजेश सिंहले निर्माण उद्योगमा आफ्नो उपस्थिति अझ सुदृढ पार्दै लगेको बताए । उच्च गुणस्तर र आकर्षक डिजाइनका लागि परिचित सेरा टाइल्सले नेपाली बजारमा आफ्नो पहुँच विस्तार गर्नका लागि आधिकारिक विक्रेताहरू मार्फत आफ्ना उत्पादनहरू उपलब्ध गराइरहेको बताए । उनले तिलोत्तमा संगै पोखरामा पनि यसको विक्रेता रहेको र निकट भविष्यमा बिरगंजमा पनि बिक्रि केन्द्र खोलिने जानकारी दिए ।
न्यू तिलोत्तमा मार्बल सेन्टरले सेराका विभिन्न प्रकारका भुइँ टाइल्स, भित्ता टाइल्स, बाथरूम टाइल्स, र अन्य सेरा उत्पादनहरू नेपाली उपभोक्ताहरूमाझ पु¥याउँदै आएको यसका सञ्चालक कमल भुषालले बताए । कम्पनीले अत्याधुनिक प्रविधि प्रयोग गरी विभिन्न आकार, रङ्ग र बनावटमा टाइल्स उत्पादन गर्दछ, जुन आधुनिक र परम्परागत दुवै प्रकारका भवन निर्माणका लागि उपयुक्त हुन्छ । नेपालमा उपलब्ध सेराका उत्पादनहरूमा सिरेमिक टाइल्स, भिट्रिफाइड टाइल्स, पर्सेलेन टाइल्स, र डिजिटल टाइल्स प्रमुख छन् । यी टाइल्सहरू आवासीय तथा व्यापारिक दुवै प्रकारका परियोजनाहरूमा प्रयोग भइरहेको उनले बताए । भुषालले भने ले भने, “हामी सेरा जस्तो प्रतिष्ठित ब्रान्डको आधिकारिक विक्रेता हुन पाउँदा गर्व गर्दछौं । सेराका उत्पादनहरूले नेपाली ग्राहकहरूको मन जित्न सफल भएका छन् र हामी उनीहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”
उद्योग बाणिज्य संघ तिलोत्तमाका अध्यक्ष ज्ञानेन्द्र कार्कीले सेरा टाइल्स आफ्नो उत्पादनको गुणस्तर र टिकाउपनका लागि विश्वव्यापी रूपमा प्रख्यात रहको बताए । भारतमा सेरा ब्राण्डको रुपमा स्थापिथ भएको र यसको शेयर मूल्य पनि उच्च रहेको कारण पनि यसको गुणस्तरियता पुष्टि भएको उनको भनाई थियो ।
सेरा टाइल्सको नेपालमा उपस्थिति बढ्दै जाँदा, यसले नेपाली निर्माण उद्योगलाई थप विकल्प र गुणस्तरीय उत्पादनहरू प्रदान गर्न मद्दत पुगेको छ । यसले घर निर्माणकर्तादेखि लिएर ठूला परियोजनाहरूका डिजाइनर र ठेकेदारहरूलाई समेत फाइदा पुगेको छ ।