मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

‘अटोचालक महिलासँग ट्राफिक प्रहरी’

Ujyalosandeshonline 12448+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

कर्णाली । सुर्खेतमा ‘अटोचालक महिलासँग ट्राफिक प्रहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममार्फत यहाँका ४८ जना अटोचालकहरूलाई ट्राफिक नियम पालनासम्बन्धी अभिमुखीकरण गरिएको छ । आज यहाँ वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रममा दिनहुँ जसो बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने संवेदनशीलताबारे अभिमुखीकरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी निरीक्षक रोहित शाहीले जानकारी दिनुभयो ।

पेसालाई मर्यादित बनाउन, उत्प्रेरणा जगाउन, ट्राफिक नियम पालनासम्बन्धी सचेत गराउन र चालकले भोग्दै आएका समस्या बुझ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।“चालक पेसा त्यति सजिलो छैन, पछिल्लो समय महिलाहरुले यसै पेसालाई आयआर्जनको माध्यम बनाएका छन्”, उहाँले भन्नुभयो, “उहाँहरूमा सचेतना र उत्प्रेरणा जागृत गर्न आवश्यक ठानेर अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।”

ट्राफिक प्रहरी र महिला अटोचालकको सम्बन्धलाई प्रगाढ बनाउन र देखिएका समस्या समाधानका निम्ति अटोचालक कल्पना सिंहलाई ट्राफिक दूत भनेर चयन गरिएको जनाइएको छ । अटोचालक सिंहले अभिमुखीकरणले पेसामा थप कटिबद्ध भएर लाग्न उत्प्रेरित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरीले कारबाही मात्र होइन, उत्प्रेरणा र उत्साह पनि दिँदोरहेछ । सानातिना त्रुटिलाई माफी दिएर फेरि गल्ती नगर्न सुझाव दिनु हुँदोरहेछ । अभिमुखीकरणमा दिइएको माया, उत्प्ररेणा र सद्भावले उत्साह मिलेको छ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार