मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12547+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद–उल–फित्र (ईद) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले देश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका हुन् ।

मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधता भएको देश भएकाले यहाँको धार्मिक सहिष्णुता अनुकरणीय रहेको उल्लेख गरे । धार्मिक तथा साँस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ ।

ईद–उल–फित्र मुस्लिम समुदायका लागि महत्वपूर्ण चाड रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले विविध धर्म तथा संस्कृति मान्ने सबै नेपालीबीच भाइचारा, प्रेम र एकताको भावना प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।प्रदेश सरकारले सबै धर्म, संस्कृति तथा पर्वलाई समान रूपमा महत्व र सम्मान दिँदै आएको उल्लेख गर्दै उनले हाम्रा मौलिक संस्कार, संस्कृति संरक्षण, प्रवद्र्धन तथा विकासबाट समृद्धि हासिल गर्न सकिने बताए । प्रदेश सरकार यही दिशामा अघि बढिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार