मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

आईसीएफसी फाइनान्स भैरहवाद्वारा छात्राहरुलाई सेनेटरी प्याड वितरण

Ujyalosandeshonline 11768+ समाचार ( )
३२ असार २०८१, सोमबार

भैरहवा । आईसीएफसी फाइनान्स लिमिटेड भैरहवा शाखाले छात्राहरुलाई सेनेटरी प्याड तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा फाइनान्सले भैरहवास्थित रुपन्देही क्याम्पसमा अध्ययनरत छात्राहरुलाई एक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेको भैरहवा शाखा प्रमुख विशाल बस्नेतले बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४ सय बढी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको बस्नेतले जानकारी दिए ।आईसीएफसीले विभिन्न विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आईसीएफसी फाइनान्स लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अमृत शर्माले फाइनान्सले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको बताए ।

कार्यक्रममा फाइनान्सका भैरहवा शाखा प्रमुख विशाल बस्नेत, रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवाली, क्याम्पस स्वास्थ्य विभाग प्रमुख सुरज ढुंगाना लगायतले बोलेका थिए । आईसीएफसीले २१ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार