मुख्य समाचार
मर्चवारमा महिलाको हत्या र सुन लुटपाटमा संलग्न चार जना पक्राउ | ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु |

ओली नेतृत्वको सरकारमा २१ मन्त्रीको एकसाथ शपथ

Ujyalosandeshonline 12618+ समाचार ( )
३२ असार २०८१, सोमबार

भैरहवा । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्न लागेको सरकारमा जाने मन्त्रीहरुको टुंगो लागेको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शपथ लिने २० जना मन्त्रीहरूको नाम राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो ।

नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको सूची शीतल निवास पठाएको बताइएको छ ।

गत असार १७ गते बनेको कांग्रेस–एमाले नेतृत्वको नयाँ समीकरणमा मन्त्रालयको पनि भागबन्डा मिलेको छ । जसअनुसार कांग्रेसले १०, एमालेले ८, जसपाले २ र लोसपाले १ जना मन्त्रीको नाम पठाएका छन् । नवनियुक्त प्रधानमन्त्री ओली र मन्त्रीहरूले अहिले शपथ लिँदैछन् ।

यी हुन् ओली सरकारमा जाने २१ जना मन्त्रीहरुः

नेपाली कांग्रेस

१. प्रकाशमान सिंह– सहरी विकास

२.रमेश लेखक– गृह

३.आरजु राणा– परराष्ट्र

४.तेजुलाल चौधरी– युवा तथा खेलकुद

५.अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला

६.दीपक खड्का– ऊर्जा

७.ऐनबहादुर शाही– वन तथा वातावरण

८.प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या

९.बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

१०.रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी

एमाले

१.विष्णु पौडेल– अर्थ

२.पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि

३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन

४.विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि

५.देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात

६.बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

७.दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति

८.मानवीर राई– रक्षा

जसपा

१.प्रदीप यादव– खानेपानी

२.नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

लोसपा

१.शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार