मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा

Ujyalosandeshonline 12208+ समाचार ( )
८ अशोज २०८२, बुधवार

हेटौँडा । नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ । हेटौँडा–२, पल्पसा सदन प्रांगणमा सुरू भएको यो बजार असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ भने कारोबारको अवस्था हेरी थप दिन कायम राख्न सकिने आयोजकले जनाएको छ ।

सुपथ मूल्य बजारको उद्घाटन जिल्ला प्रशासन कार्यालय मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले गरिन् । उनले सुपथ बजारलाले उपभोक्तालाई सहज बनाउन निजी क्षेत्रको योगदानको रूपमा व्याख्या गर्दै भनिन्, ‘यसले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने, बजारलाई प्रतिस्पर्धी बनाउने र पारदर्शिता कायम गर्ने काम गर्छ। उद्योगी–व्यवसायी र आम उपभोक्ताबीच सुमधुर सम्बन्ध विस्तार गर्न पनि यसले टेवा पु¥याउँछ ।’

उनले अझै मूल्य सूची प्रस्ट रूपमा टाँसिदिने हो भने उपभोक्तालाई थप सहज हुने सुझाव समेत दिइन् । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले यसलाई हेटौँडामा सुपथ बजारको नयाँ शुरुवातका रूपमा लिइएको बताए । ‘पहिलो प्रयास भएकाले सानो दायरा राखेका छौं । तर दैनिक कम्तीमा एक–डेढ हजार उपभोक्ता आउन सक्ने अपेक्षा छ । बजारमा डिलर स्तरकै मूल्यमा सामान उपलब्ध गराउने हाम्रो उद्देश्य हो’ उनले स्पष्ट पारे ।  

उनले मकवानपुरको आधिकारीक बिक्रेता संघ संयोजकमा बजार संचालन गरेको बताए । उनले हालैको जेनजी आन्दोलनले हेटौंडाको प्रमुख सुपरमार्केटमा पारेको क्षतिको उदाहरण दिँदै उपभोक्तालाई एउटै थलोमा सहज खरिद गर्ने विकल्प दिनुपर्ने आवश्यकता भएको बताए।

यसपटक १६ वटा स्टलमार्फत चिनी, नुन, तेल, साबुन, सर्फ, चिउरा, फुरनदाना, दालमोठ, भुजिया, जिरा, धनियाँ, मसला, चियापत्ती, पिठो जस्ता दैनिक उपभोग्य वस्तुहरू राखिएका छन्। बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने बजारमा दुग्ध विकास संस्थान र साल्ट ट्रेडिङ कर्पोरेसनका सामग्रीहरू समेत खरिद गर्न सकिने संघका बाणिज्य तर्फका उपाध्यक्ष तथा कार्याक्रम संयोजक राजु अधिकारीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार