मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना : चालकको मृत्यु, १४ विद्यार्थी घाइते

अनिल नेपाली 141+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ छिन्दीखोलास्थित धनचौर–नुवाकोट भित्री सडकखण्डमा विद्यार्थी बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने १४ जना विद्यार्थी घाइते भएका छन् । जन जागृती माध्यमिक विद्यालय धनचौरबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन नुवाकोटतर्फ जाँदै गरेको लु २ च ५१७९ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उक्त जिप घुम्तीमा ब्याक गर्ने क्रममा सडकबाट करिब ५० देखि ६० मिटर तल खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक भूमिकास्थान–१० पाकु बस्ने ४५ वर्षीय रुद्रबहादुर पुन मगरको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको छ । अस्पताल पुर्‍याएलगत्तै दिउँसो १२:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिपमा सवार १८ जनामध्ये १५ जना घाइते भई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । घाइतेहरूमध्ये टाउकोमा चोट लागेका १६ वर्षीय विप्लव पुनसहित ३ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अन्य घाइते विद्यार्थीहरू वर्षा राना, शेषकान्त गैरे, अमिसा खनाल, विकास पेन्नी, रितु घर्ति मगर लगायतको अवस्था सामान्य तथा मध्यम रहेको र उनीहरूको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनचौर र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्रहरी टोलीले घाइतेहरूको तत्काल उद्धार गरी अस्पताल पठाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार