मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

मर्चवारमा कडा सुरक्षाका बिचका बिच मुर्ती बिसर्जन सुरु

Ujyalosandeshonline 11768+ समाचार ( )
१७ कार्तिक २०८१, शनिबार

मर्चवार  । रुपन्देहीको मर्चवार क्षेत्रमा कडा सुरक्षाका बिच मुर्ती बिसर्जन सुरु भएको छ । कोटहीमाई ५ दुईमोहानमा विभिन्न मुर्ती बिसर्जनको क्रममा हुने विभिन्न घटनाहरुलाई मध्य नजर गरी अहिले सुरक्षा ब्यवस्था कडा गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् । 

बडा दशैं, शुभ दिपावलीमा विभिन्न ठाउँमा माटोको अस्थायी मुर्तीहरु निर्माण गरी पुजापाठ गरी बिसर्जन गर्न आउँदा विभिन्न ब्यक्तीहरुको डुबेर मृत्यु भएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । कोटहीमाई गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले भने ‘दानव र तिनाउ नदीको संगम स्थल दुईमोहानमा कडा सुरक्षा तथा मुर्ती बिसर्जन स्थल निश्चित र ब्यवस्थित नहुँदा उक्त घटनाहरु घटीरहेको थियो ।

तर बिगतको दशैंमा घटेको घटना पछि हरेक चाडपर्वको बेला यहाँ मुर्ति बिसर्जन स्थललाई ब्यवस्थित बनाई सुरक्षा ब्यवस्था पनि कडा बनाउने गर्दछु । यहाँ कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिका क्षेत्रका मुर्तीहरु बिसर्जन गर्न आउने गर्दछन् ।’ दुईमोहानमा विभिन्न मुर्ती बिसर्जन गर्नुका साथै विभिन्न धार्मिक कार्यहरुका लागि जल भर्ने र दाहसंस्कार पनि हुने गरेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । 

यस पटक मर्चवारको विभिन्न ठाउँबाट ४० भन्दा बढी मुर्तीहरु बिसर्जन हुन आउने अनुमान गरिएको इलाका प्रहरी मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् । मुर्ती बिसर्जन स्थलमा मुर्ती सहित सिमित ब्यक्ति मात्र प्रवेश गर्ने ब्यवस्थापन गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । उनले भने ‘मुर्ती बिसर्जन स्थल तोकी, अन्य जोखिम क्षेत्रलाई घेरा गरी निषेधित क्षेत्र बनाइएको छ । जाँड रक्सी सेवन गरी मुर्ती बिसर्जनको लागि समेत प्रतिबन्ध लगाइएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार