मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

प्रधानमन्त्री कप क्रिकेट :
आर्मीद्वारा नेपाल पुलिस पराजित

Ujyalosandeshonline 12463+ समाचार ( )
१३ चैत्र २०८१, बिहीबार

भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लिग चरण अन्र्तगतको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपाल पुलिस क्लबको यो पहिलो हार हो । 

१४९ रनको लक्ष्य सहित मैदान प्रवेश गरेको त्रिभुवन आर्मी क्लबले ४१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य हासिल ग¥यो । आर्मीका लागि विवेक यादवले सर्वाधिक ४१ रन बनाए । यस्तै तिर्थराज दासले २५ रन, भीम सार्कीले २३ रन तथा सन्तोष कार्कीले २२ रन बनाए । 

बलिङमा पुलिसका ललित राजवंशीले ४ विकेट तथा दिपेन्द्र सिंह ऐरी र करण केसीले समान १/१ विकेट हासिल गरे ।

यस अघि रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभर खेल्न सकेको थिएन । ४१.४ ओभरमा सबै विकेट् गुमाउदै पुलिसले १४८ रन मात्र बनाउन सक्यो । पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रन बनाए । उनले ३७ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे । यसै गरि आरिफ शेषले २२ रन र गुलशन झाले १७ रन बनाए । 

बलिङमा त्रिभुवन आर्मी क्लबका साहब आलमले ४ विकेट हासिल गरे भने नरेन साउदले ३ विकेट र कुशल मल्ल तथा भीम सार्कीको नाममा समान १/१ विकेट रह्यो । 

९ खेल खेलेको नेपाल पुलिस ८ मा जित सहित प्रतियोगिताको शिर्ष स्थानमा रहदै फाईनलमा पुगिसकेको छ भने ९ खेल नै खेलेको आर्मी पनि ८ मा जित निकाल्दै दोश्रो स्थान हुदै फाईनल पुगि सकेको छ । अतः आजको खेल जसले हारे पनि फाईनल समीकरणमा यसको कुनै असर पर्ने छैन् । चैत्र १६ गते भैरहवा स्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा यी दुबै बिच फाइनल भिडन्त हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार