मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल छ : आयुक्त थपलिया

Ujyalosandeshonline 12552+ समाचार ( )
२३ माघ २०८१, बुधवार

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल रहेको बताएका छन् । बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले  आयोग कहिले आफ्नो परिभाषा बदलेर बेइमानी काम नगर्ने बताएका हुन् ।

उनले भने, ‘छलफल गरिरहँदा निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवार र कतिपय निर्वाचित भएर आएका प्रतिनिधि भनेका चाँही मत किन्ने, आंचारसंहिता  उल्लंघन गर्ने, एउटै मान्छेलाई पटकपटक भोट हाल्न लगाउने, जथाभावि खर्च गर्ने, खर्च गरेको विवरण पनि आयोगमा गलत पेश गर्दै आयोगलाई जिल्याँउने, गठबन्धन गरेर महिलाहरुलाई आउनबाट रोक्ने, पैसाको चलखेल गर्ने आदि ईत्यादि कुराहरु समितिमा उठ्यो । तर  निर्वाचन आयोग कुनै पनि राजनीतिक दल, उम्मेदवार र यहाँहरुलाई त्यस्तो बेमान पात्र ठान्दैन ।’

साथै, उनले हामीले आफ्नो परिभाषा बदल्न नहुने बताए । उनले दलिय  व्यवस्थामा दल, उम्मेदवार र निर्वाचन प्रतिनिधि सधैं इमान्दार रहने बताए । साथै, उनले अहिलेको निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने बताए । उनले प्रणाली फेर्दा अवस्था उस्तै तर प्रणाली फेरिएको देशको पहिचान बनाउन सक्ने भन्दै थपलियाले अहिलेकै निर्वाचन प्रणालीले समृद्धि आउन नरोकिने बताए ।

उनले भने, ‘हामीले गरेको अध्ययनले तत्कालै निर्वाचन प्रणाली फेरिएन भने समृद्धि रोक्छ भन्दैन । सडकमा धुलो उडेको यही प्रणालीले गर्दा भनेको छैन । राजनीतिक तहमा छलफल त गर्न सक्नुहुन्छ, कम्तीमा पनि बृहत् र तुलनात्मक अध्ययन गरेर हिजो नभएको कुरा यस्तो हुन्छ भन्नुपर्छ । हामीले संविधानपिच्छे प्रणाली फेरेको छौँ, संविधान र कानुन फेर्ने अवस्था उस्तै भन्ने देश पो बन्छ कि ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार