सम्बन्ध विच्छेदको प्रमाणपत्रमा मोलमोलाइ: १० हजार घुससहित वडा सचिव रंगेहात पक्राउ

Ujyalosandeshonline 12326+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

झापा । झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो । साहले सम्बन्ध विच्छेद दर्ताको प्रमाणपत्र जारी गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोली खटिएको थियो ।

टोलीले वडा कार्यालय नजिकै रहेको एक स्थानीय होटलबाट साहलाई उक्त रकमसहित रंगेहात नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका साहमाथि घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार