मुख्य समाचार
भारतसँग जिटुजी माध्यमबाट २५ हजार मेट्रिक टन डिएपी मल खरिद गरिने | अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी | चौघेरा मठको संरक्षणमा प्रदेश सरकारको योगदान रहन्छ : मुख्यमन्त्री आचार्य | विद्युत् आपूर्ति नियमित हुँदै | मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु | राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान | बाढीपीडितको राहतका लागि सम्मरीमाईका कर्मचारीद्वारा दुई दिनको तलब सहयोग | बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ | मृत माछामासु सेवन नगर्न अपिल |

अनधिकृत रुपमा रकम सङ्कलन नगर्न प्रधानमन्त्री कार्यालयको चेतावनी

Ujyalosandeshonline 12171+ समाचार ( )
१२ भाद्र २०८३, शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसो नगर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको हो । 

कतिपय व्यक्ति, समूह तथा संस्थाले अनधिकृत ‘क्युआर कोड’ र व्यक्तिगत खाता नम्बर सार्वजनिक गरी रकम सङ्कलन गरिरहेका जानकारी प्राप्त भएको र त्यसप्रति प्रधानमन्त्रीको कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेका आधिकारिक खाता र क्युआर कोडमा मात्र आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।” 

आर्थिक सहयोगका लागि सरकारका तर्फबाट आधिकारिक रूपमा सञ्चालनमा रहेका दुई मुख्य कोष र तिनका खाता विवरण प्रस्तुत गर्दै यहाँ दिइएका खातामा मात्र रकम दाखिला गर्न उक्त कार्यालयले अनुरोध गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत हिमालयन बैंक लिमिटेड (डलर खाता) ०१९०५६३१२१००४६, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ०१०१३२४३८०१, ०२०१३२४३८०१, 

राष्ट्रिय वाणिज्य बैंक ११३०१००००३७६२००१, ११३०१०००००००६०६, एभरेष्ट बैंक लिमिटेड ००१००१०५२००२७०, ००१०११०२२०००१२, नेपाल बैंक लिमिटेड ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१, ग्लोबल आइएमई बैंक लिमिटेड ००४०१०१०००००५७, ००४११०१००००००५, नबिल बैंक लिमिटेड १७१००१७५०५२८५ र कृषि विकास बैंक लिमिटेड ०१००२०१००२९०७०१४ मा सहयोग जम्मा गर्न सकिन्छ । साथै प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य कोषमा रहेको खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार