मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ । 

विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताए । 

उनले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गरेका छन् । 

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौं । अहिले हामी एकदम तनावमा छौं । हामीलाई एउटा पालको व्यवस्था गरिदिएपनि हुन्थ्यो । हाम्रो लागि त्यही ठुलो कुरा हुन्थ्यो होला । यहाँको प्रतिनिधिहरु कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न, त्यसकारण हामी एकदम पीडित छौं । हामीसँग केही बचेन । पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौं । खानेकुराको व्यवस्था गरिदिए एकदम आभारि हुनेथियौं,’उनको दुखेसो छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार