मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

घरभित्र बाढी पसेपछि कालिमाटीका स्थानीयको गुहार ‘हामीसँग केही बचेन, पालको व्यवस्था गरिदिनुस्’

Ujyalosandeshonline 11878+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

काठमाडौं । बिहीबार साँझदेखि भएको वर्षाका कारण काठमाडौं उपत्यकाका थुप्रै स्थानमा नदीको सतह बढेर बस्तीमा बाढी पसेको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाव बढ्दा खोलाछेउका बस्ती डुबानमा परेको प्रहरीले बताएको छ । 

विष्णुमतीमा आएको बाढीका कारण कालिमाटीस्थित सुकुमबासी बस्ती डुबानमा परेको छ । बाढी घरभित्र पसेका कारण सयौं परिवार विस्थापित भएका छन् । बाढी घरभित्र पसेपछि घर छोडेर हिड्नुपरेको कालिमाटीका स्थानीय निशान्त मगरातीले बताए । 

उनले आफूसँग केही नभएको कारण भोकै मर्नुपर्ने स्थिति सिर्जना भएकोले सरकालले त्रिपालको व्यवस्था गरिदिन पर्ने माग गरेका छन् । 

‘हामीले कोठामा भएको समानहरु पनि बचाउन पाएनौं । अहिले हामी एकदम तनावमा छौं । हामीलाई एउटा पालको व्यवस्था गरिदिएपनि हुन्थ्यो । हाम्रो लागि त्यही ठुलो कुरा हुन्थ्यो होला । यहाँको प्रतिनिधिहरु कोही पनि आउनुहुन्न हामीलाई सहयोग गर्न, त्यसकारण हामी एकदम पीडित छौं । हामीसँग केही बचेन । पानी पिउनको लागि एउटा जग समेत ल्याउन सकेका छैनौं । खानेकुराको व्यवस्था गरिदिए एकदम आभारि हुनेथियौं,’उनको दुखेसो छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार