मुख्य समाचार
पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा | अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान | अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन | एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ | पाल्पामा प्रहरीद्वारा नागरिक सुनुवाइ सम्पन्न | नेपाल–चीन सीमा वार्तामा नाम्खा–पुलानबीच भगिनी सम्बन्धको पहल | तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल | चामे–बेँसीसहर सडक अवरुद्ध | गोरखामा हुलाकमार्फत घरमै राहदानी | नाकमुनि डिजेल चोरी हुँदा रुपन्देही प्रहरी बेखबर, प्रदेशको छापापछि सुरक्षा संयन्त्रमै प्रश्न |

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

रासस 662+ समाचार ( )
१५ कार्तिक २०८२, शनिबार

तनहुँ ।  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो आवमा २४३ जना गर्भवतीलाई रु १२ लाख २५ हजार भत्ता वितरण गरेको थियो । हालसम्म २९५ जना गर्भवतीका लागि रु १४ लाख ८५ हजार पोषण भत्तामा खर्च भएको महिला विकास निरीक्षक जानुका सुर्खालीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “गर्भवती पोषण कार्यक्रम (महिलासँग उपप्रमुख) अन्तर्गत उनीहरूलाई रकम प्रदान गर्ने गरिएको छ । गर्भवतीलाई पोषण प्रोत्साहन रकम प्रदान गरी कुपोषण हुनबाट बचाउने, नियमित गर्भ जाँच गराउने र असुरक्षित सुत्केरीलाई निरुत्साहित गर्ने उद्देश्यले पोषण भत्ताको व्यवस्था गरिएको हो ।”  

नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) स्वास्थ्य गरेको गर्भवतीलाई आठ महिनापछि उक्त रकम प्रदान गर्ने गरिएको महिला विकास निरीक्षक सुर्खालीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि गर्भवती महिलालाई नगद नै हातमा दिइन्थ्यो, तर अहिले चेकको फोटो कपी पेस गर्नुपर्ने प्रावधान रहेको छ ।” 

त्यसैगरी चालु आवमा डिजिटल प्रविधिबाट अपाङ्गता भएकालाई परिचयपत्र वितरण कार्य थालिएको छ । यस आवमा ‘क’ वर्गको दुई, ‘ख’ वर्गको २९, ‘ग’ वर्गको १८ र ‘घ’ वर्गको सात जनालाई परिचयपत्र वितरण गरिएको सहायक महिला विकास निरीक्षक शर्मिला जम्कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष १९० जनालाई यस किसिमको परिचयपत्र प्रदान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार