मुख्य समाचार
सीमा सुरक्षा र चोरी तस्करी नियन्त्रणमा थप प्रभावकारी हुन एआईजी पोखरेलको निर्देशन | प्रदेशको छुट्टै पहिचान बनाउन डिजाइनदेखि एआईसम्मको तयारी : मन्त्री रत्न खत्री | बुटवलमा भित्रियो एक्साभेटर चेन मर्मत गर्ने अत्याधुनिक मेसिन, नेपालमै पहिलो भएको दाबी | गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा | 'फूलैफूलको नगर, पर्यटकको रहर' अभियानमा चेम्बर अफ कमर्शको साथ : रेसुङ्गा जाने सडकमा १६० भन्दा बढी बिरुवा रोपियो | नवजात छोरीका नाममा दश हजारको मुद्दति खाता | समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित | जलविद्युत क्षेत्र निर्माण गरिरहेका भवन | गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध | एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर |

प्रदेशको छुट्टै पहिचान बनाउन डिजाइनदेखि एआईसम्मको तयारी : मन्त्री रत्न खत्री

मनु सुनार 33+ समाचार ( )
२८ असार २०८३, आइतबार

गुल्मी । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकारको छुट्टै पहिचान स्थापित गर्न पूर्वाधारको डिजाइन, सूचना प्रणाली र प्रविधिमै सुधार गर्ने तयारी भइरहेको बताएका छन्। गुल्मीको सदरमुकाम तम्घासमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खत्रीले प्रदेश सरकारका कामलाई जनतामाझ स्पष्ट रूपमा पुर्‍याउन नयाँ ढंगले काम अघि बढाइएको बताए।

उनले प्रदेशका युवालाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग जोड्ने उद्देश्यका साथ चालु बजेटमै आवश्यक व्यवस्था गरिएको जानकारी दिए। उनले बजेट वितरणमा क्षेत्रीय सन्तुलन कायम गर्ने नीति अपनाइएको उल्लेख गर्दै विकास आयोजनाको जिम्मेवारी कुन तहको सरकारले पूरा गरेको हो भन्ने अन्योल हटाउन ‘पूर्वाधार डायरी’ तयार पार्ने योजना रहेको बताए।

सो डायरीमा आयोजना सम्बन्धी विवरण र फोटो फिचर समावेश गरिने तथा प्रदेश अन्तर्गतका कार्यालयले गरेका कामहरू जनतासम्म व्यवस्थित रूपमा पुर्‍याइने उनले बताए। मन्त्री खत्रीका अनुसार प्रदेश सरकारका आयोजना संघीय सरकारका आयोजनाभन्दा फरक पहिचान हुने गरी सूचना बोर्ड, रंग र डिजाइनमा समेत परिवर्तन गर्ने तयारी भइरहेको छ। 

“जनतामा प्रदेश सरकारले गरेको कामबारे अझै पनि भ्रम छ। त्यसलाई हटाउन प्रदेशको छुट्टै पहिचान स्थापित गर्ने गरी काम गरिरहेका छौं,” उनले भने। उनले जनताबाट बजेट माग्ने चाप धेरै हुने तर आयोजना सम्पन्न भएपछि त्यसबारे जानकारी अभावका कारण विभिन्न प्रश्न उठ्ने गरेको उल्लेख गरे। त्यसैले प्रदेश सरकारले गरेका काम प्रभावकारी रूपमा जनतासम्म पुर्‍याएर सेवा प्रवाहको अनुभूति दिलाउने र प्रदेश सरकारप्रतिको नकारात्मक भाष्य परिवर्तन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

भौतिक पूर्वाधार विकास मन्त्रालयको कामबारे बढी आलोचना हुने गरेको स्वीकार गर्दै मन्त्री खत्रीले ३० लाख रुपैयाँभन्दा कम लागतका आयोजना प्रदेश सरकारले सञ्चालन नगर्ने विषयमा जोड दिइरहेको बताए। साथै मन्त्रालयले व्यवस्थित अनुगमन संयन्त्र बनाएर विकास आयोजनाको नियमित अनुगमनलाई प्रभावकारी बनाइने पनि उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार