मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

लुम्बिनी प्रदेशले प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राखेकाे छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11304+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक उत्पादनलाई प्रवर्द्धन गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । शुद्धाेधन गाउँपालिका-१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले बढ्दो रासायनिक मलको अभावलाई प्राङ्गारिक मलले पूर्ति गर्ने भएकाले यसलाई प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभएकाे हाे ।

`प्राङ्गारिक प्रदेश बनाउने लक्ष्य पूरा गर्न प्राङ्गारिक मल उत्पादन हुनु जरुरी छ´उहाँले भन्नुभयाे-`यही मलको प्रयोग गरेर खेती प्रणालीलाई अघि बढाउने गरी केही वर्षभित्र प्रदेशलाई प्राङ्गारिक प्रदेशको रुपमा विकास गर्ने लक्ष्य पूरा हुनेछ ।´

मुख्यमन्त्री आचार्यले प्राङ्गारिक मल उत्पादनका लागि सामुदायिक संघसंस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गर्नेगरी सरकारले वातावरण बनाउने पनि बताउनुभयो । स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन कृषि क्षेत्रको योगदान अतुलनीय रहेको चर्चा गर्दै उहाँले रोजगारी सिर्जनाको आधार पनि स्थानीय उत्पादन नै भएको उल्लेख गर्नुभयो ।

`अहिले देखिएको मलको समस्या कम गर्न प्राङ्गारिक मल र कम्पोस्ट मल नै सक्षम छन् । हाम्रा परम्परागत अभ्यासलाई पुनःताजगी गरेर अघि बढाउन सकिन्छ´उहाँले भन्नुभयाे-`वनजंगलमा खेर गइरहेका पातपतिङ्गर संकलन गरेर कम्पोस्ट मल बनाउन सकिन्छ । गा‌ैशालामा यो अभियान सुरु भएको छ । किसानका गोठलाई सुधार गरेर मल-मुत्रबाट समेत प्राङ्गारिक मल बनाउन सकिने अभ्यासलाई अभियानका रुपमा लैजान जरुरी छ ।´

मुख्यमन्त्री आचार्य सहित अनुगमनमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको रासायनिक मलको समस्या समाधान गर्न प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

उद्यमी सीपी शर्माले अर्गानिक उत्पादनमा जोड दिँदै राज्यले सहयोग गरे यो अभियानलाई अझ व्यापक बनाउन सकिने बताउनुभयो । दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन गर्ने योजना सुरु गर्न सकिने र यसका लागि लगानी खोज्ने कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार