मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


डहरे देउरालीमा करिब १०० फिटअग्लो विशाल भैरबको अर्धकद फेला

Ujyalosandeshonline 11005+ समाचार ( )
२२ श्रावण २०८१, मङ्गलबार

स्याङ्जा । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली”मा करिब १०० फिटअग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थलबाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्ट सँग भगवान भैरवको शिर देख्न सकिन्छ ।

केही दिन अघि“डहरे देउराली”माध्यान गर्न आएका एक साधक प्रकट आनन्दले साधनामा रहँदा भगवान भैरव उत्तर तर्फ फर्केर बसेको थाहा पाएपछि उनले आँखा खोलेर हेर्दा देखेको बताए ।

उनले उक्त स्थलमा मोक्षद्वार र गुफा रहेको ध्यान दृष्टिबाट देखेको बताएका थिए । साधक आन्नदका अनुसार उक्त मोक्षद्वारबाट प्रवेश गरेमा मोक्ष पाइने उल्लेख गरेका थिए ।

सदियौं देखि भवानी दुर्गाको पुजा गर्न र त्यस ठाउँमा ध्यान, योगा गर्न सन्त महात्मा ऋषिहरु आएपनि भगवान भैरव रहेको जानकारी भएको थिएन ।

साधक आनन्दले बताएका भगवान भैरव र मोक्षद्वार भेटिएपनि गुफाभने भेट्न नसकिएको श्री मोक्षद्वार वालसिद्ध योगाश्रम डहरेका अध्यक्ष दिपक श्रेष्ठले बताए ।

उनले भने, ‘उत्तर तर्फ कामधेनु गाईको शिर, मोक्षद्वार, भैरव, सिद्धवावा, दक्षिणतर्फ आसनमा किष्ण, हनुमानजी, सिंह, कालीखर्क तर्फ भगवति दुर्गाको एक पाउ रहेको, पुर्व तर्फ झाँक्री महाराज र पश्चिमतर्फ ईच्छाधारी नाग रहेको छ । साधक प्रकट आनन्दजीले डहरेदेउराली मा गुफा रहेको बताउनु भएपनि खोजी कार्य भइरहेको र हाल सम्म उहाँले भनेजस्तो गुफा फेला परेको छैन।’

यस क्षेत्रको धार्मिक महत्वलाई उजागर गर्ने लक्ष्यका साथ २०४३ सालमा योगी नरहरि नाथको सक्रियता माधान्याञ्चल महायज्ञ गरिएको २०३२ सालदेखि उक्त स्थानको संरक्षण एवम् पूजा आजा गर्दै आउनु भएका पशुपत्यानन्द गिरीले जानकारी दिए ।

धान्याञ्चलका क्रममा मुक्तिनाथ बाट अग्नि ज्वाला ल्याइएको जानकारी दिँदै उनले उक्त अग्नि ज्वाला अहिले पनि निरन्तर बलिरहेको छ उनले भने ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट करिब ६३ कि.मी. दुरी टाढा रहेकोमा ५७ कि.मी. पिच सडक र ६ कि.मी. कच्ची सडक रहेको छ । डहरे देउराली समुन्द्र सतहबाट करिब २ हजार २ सय ५९ मिटर रहेको छ ।

स्कन्द पुराणमा उल्लेख भए अनुसार, यस पर्वत परापूर्वकालमा महान् ऋषि मुनिहरूले तपस्या, ध्यान र योग गर्ने थलो थियो । यस पर्वतलाई ‘नीलकण्ठपर्वत’ को नामले पनि पुकारिन्छ । यस विशाल पहाड पर्वत जिल्लाको कार्कीनेटा, थापा ठाना र भंगारा तथा स्याङ्जा जिल्लाको आरुचौर र पञ्चमूल गाउँको सीमावर्ती क्षेत्रमा पर्छ ।

भानुभक्तको वाल्मीकि रामायणको अशमेद काण्डमा पनि यस पर्वतबारे निकै सुन्दर ढंगबाट व्याख्या गरिएको छ । यस लेक र देउरालीलाई धार्मिक रूपमा पनि निकै मान्यता दिइएको यस दृष्टान्तबाट पुष्टि हुन्छ । यो नीलकण्ठ पर्वतबाट कसरी डहरे देउराली बन्यो ?यसको कथा रोचककथा छ, योगी नरहरि नाथले लेखेका छन्, ‘यस पहाडमा एक समय डहरा ऋषिले तपस्या गरेका हुनाले यस पहाडको नाम डहरे देउराली बन्नपुग्यो ।’

त्यसैगरी यस पर्वत माला मालामा धेरै डहर भएकाले यसको नाम ‘डहरे देउराली’भएको हुन सक्ने पनि मान्छेहरूको अड्कल छ । यही पर्वतमा ब्रह्माचारी खडानन्द अधिकारीले ३७वर्षसम्म कठोर तपस्या गरेका थिए । पौराणिक मान्यता अुनसार, निःसन्तान दम्पतीले यस स्थानको दर्शन गरेर बर मागेमा सन्तान प्राप्त हुने साथै मनको मानोकांक्षा पूर्ण हुने विश्वास गरिन्छ ।

यस स्थानमा मानिसहरू विवाह, व्रतबन्ध जस्ता विशेष शुभकार्य पनि गर्छन् । विशेषतःवाला चतुर्दशी, चैतेदसैँ, महाशिव रात्री, गुरुपूर्णिमा, बडादसैं जस्ता विशेष पर्वहरूमा पुजा अर्चनाको लागिभक्तजनहरुको ठूलो भिडलाग्ने गर्छ  । 

साथै यहाँ विभिन्न प्रजातिका वनस्पति एवम् जडीबुटी पाइने स्थानीयवासी बताउँछन् । यहाँ पाँच औले, हर्रो, बर्रो, सतुुवा जस्ता महत्चपूर्ण जडीबुटीका साथै चितुवा, भालु जस्ता विभिन्न प्रजातिका जङ्गली जनावर पाइन्छ । विभिन्न ५० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको यस जङ्गलमा पैँयु, सल्लो, ओखर, खर्सु, उत्तिस जस्ता महत्वपूर्ण काठ समेत पाइन्छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार