मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छयौंट

Ujyalosandeshonline 12548+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

धनुषा । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८१÷८२ मा दश वर्ष यताकै सबैभन्दा बढी मुद्दाहरु फर्छौंट गरेको छ । पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत धनुषाका प्रमुख न्यायाधीश चुडामन खड्काले २०८१÷८२ मा कुल ५६.८९ प्रतिसत मुद्दा फर्छौंट भएके जानकारी दिए । उनले विगत १० वर्षको तथ्यांकसंग तुलना गरेर यो वर्ष सबै भन्दा बढी मुद्दा फर्छौंट गर्न सफल भएको बताए ।

नयाँ तथा पुराना मुद्दाहरु कुल ९ हजार ९ सय ३२ रहेकोमा जिल्ला अदालतले सार्वजनिक गरेको ३० गत्तेसम्मको तथ्यांक अनुसार जम्मा ५ हजार ६ सय ४९ वटा ुमुद्दा फरुछौंट भएको छ ।

जिल्ला न्यायाधीश खड्काका अनुसार अदालतलाई वार्षिक ६५ प्रतिसत मुद्दाको फर्छौंट गर्नु पर्ने लक्ष्य तोकिएको हुन्छ । तर नयाँ मुद्दा अपेक्षा भन्दा बढी दर्ता भएका कारण तोकिएको लक्ष्य पूरा हुन नसकेको हो । जिल्ला अदालत धनुषाका अनुसार अदालतमा १८ महिना पुगेका मुद्दाको संख्या २ हजार ७८ रहेकोमा १ हजार ८ सय ३९ मुद्दाको फैसला भएको छ । 

त्यस्तै, जिल्ला अदालत धनुषामा पारिवारिक इजलास सम्बन्धी ५ सय ८२ मुद्दा रहेकोमा ३ सय ६ वटा मुद्दा फर्छौंट भएको प्रमुख जिल्ला न्यायाधीश खड्काले जानकारी दिए । उनका अनुसार गोला प्रथा माध्यमबाट बेन्च तोक्ने प्रक्रिया सुरु भएदेखि अदालतप्रतिको विश्वास सर्वसाधारणमा बढेको छ । त्यस्तै प्रविधिको विकास र मिटरब्याज सम्बन्धी कानुन निर्माण भएदेखि अदालतमा मुद्दाको संख्यामा वृद्धि भएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार