मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

रेसुंगामा साउने मेलाको भेटी गणना सुरु

मनु सुनार 39+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

गुल्मी । गुल्मीको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल रेसुंगामा साउन महिनाभर सञ्चालित एक महिने मेलाका क्रममा भक्तजनबाट संकलित भेटी गणना सुरु गरिएको छ। रेसुंगा संरक्षण समितिका अनुसार महापोखरी, सिद्धस्थान, गरुडस्थान, शिवालय, भोला मन्दिर र रामकुवा लगायतका धार्मिक स्थलमा संकलन भएको भेटी गणना गर्न थालिएको हो। समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले गणना सकिएपछि यस वर्षको कुल भेटी रकम सार्वजनिक गरिने जानकारी दिनुभयो।

साउन महिनाभर देशका ७७ वटै जिल्लाका साथै भारतका गोरखपुर, दिल्ली र राजस्थान क्षेत्रबाट गरी करिब डेढ लाख भक्तजनले रेसुंगाको दर्शन गरेका छन् । गत वर्ष साउने मेलाबाट रु १३ लाख १८ हजार १५६ भेटी संकलन भएकोमा यस वर्ष दर्शनार्थीको संख्या बढेकाले भेटी रकमसमेत वृद्धि हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष नेत्रबहादुर बस्नेतले बताउनुभयो। हाल गौशाला संरक्षणका लागि रु ३५ लाख र रेसुंगा संरक्षण समितितर्फ रु ४५ लाख अक्षयकोषमा रहेको समितिले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार