मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

वडामै गएर राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा वितरण गरिने

Ujyalosandeshonline 12208+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

रामेछाप । रामेछापको एक मात्र हिमाली स्थानीय तह उमाकुण्ड गाउँपालिकामा नागरिकलाई वडामा नै पुगेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन र कार्ड वितरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र गाउँपालिकाको आयोजनामा सो कार्य हुन लागेको हो । 

यसअघि विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयमा आएर बसेका परिचयपत्र लिन आउन तथा नयाँ परिचयपत्रको लागि विवरण र फोटो खिचाउन स्थानीयलाई जिल्ला प्रशासन कार्यालय आउनु नपरोस् भनी गाउँमा नै गएर सो काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

‘यसअघि बनेका धेरै राष्ट्रिय परिचयपत्र जिल्ला प्रशासन कार्यालयमा आएर थन्किएका छन्, ती परिचयपत्र पनि गाउँमा नै लगेर वितरण गरिदिन्छौँ, नयाँ बनाउनु पर्नेको पनि विवरण सङ्कलन गरेर ल्याउँछौँ, यसले कार्यालयमा हुने भिड पनि कम हुन्छ, नागरिकको खर्च र सास्ती पनि कम हुन्छ’, थापाले भने । 

उमाकुण्ड गाउँपालिकाले दिएको जानकारी विवरण सङ्कलन र परिचयपत्र वितरण सो गाउँपालिकाको सबै वडामा सञ्चालन हुनेछ । वडा कार्यालयहरूमा सेवा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । 

कार्यतालिका अनुसार भदौ १७ गते वडा नं ७ को कार्यालय भुजीमा, भदौ १८ गते वडा नं ६ गुप्तेश्वर वडा कार्यालयमा, भदौ १९ गते वडा नं ४ च्यादोलु वडा कार्यालयमा, भदौ २० गते वडा नं ५ प्रीति वडा कार्यालयमा, भदौ २१ गते वडा नं ३ कुबुकास्थली वडा कार्यालयमा कार्यक्रम हुनेछ ।

त्यसैगरी भदौ २२ गते वडा नं २ बाम्ती भण्डार वडा कार्यालयमा तथा भदौ २३ गते वडा नं १ गुम्देल वडा कार्यालयमा विवरण सङ्कलन तथा कार्ड वितरण कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाले तोकिएको मिति र स्थानअनुसार आफ्ना वडामा पुगेर स्थानीयवासीलाई विवरण दर्ता गराउन आग्रह गरेको छ ।

त्यसैगरी यस अघि जिल्ला प्रशासन कार्यालयमा परिचयपत्रका लागि विवरण बुझाएर कार्ड आएका स्थानीयले वडा कार्यालयमा हुने शिविरबाट कार्ड लिन सक्ने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रम ले दुर्गम गाउँका बासिन्दालाई परिचयपत्र सेवामा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ । देशको अन्य कुनै जिल्लामा पनि यो कार्यक्रम सञ्चालन नभएको भए पनि स्थानीय समस्यालाई हेरेर यो काम गरिएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार