मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

नवलपरासीमा ६ सय एम्पुल लागुऔषधसहित केवट पक्राउ

Ujyalosandeshonline 12546+ समाचार ( )
१० जेठ २०८३, आइतबार

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ८ उनवचबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २६ प ४४१४ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा चालक ३८ वर्षीय राममिलन केवटलाई नियन्त्रणमा लिएको हो।

रामग्राम-लोहसडा बस्ने केवटको साथबाट प्रहरीले लुकाईछिपाई ल्याएको डाईजेपाम २०० एम्पुल, फेनेरागन २०० एम्पुल र बुप्रेनोर्फिन २०० एम्पुल गरी कुल ६०० एम्पुल लागुऔषध बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सोम दास ढकालका अनुसार बरामद लागुऔषध र मोटरसाइकलसहित पक्राउ परेका केवटमाथि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार