मुख्य समाचार
सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छः प्रधानमन्त्री | सरकार–लघुवित्त पीडितबीच पाँच बुँदे सहमति | बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह | वृद्धआश्रममा खाद्यान्न र फलफूल वितरण गरी राष्ट्रिय वैश्य महासंघको स्थापना दिवस मनाइयो | देशमा सद्भावको कामना गर्दै लुम्बिनीमा विशेष प्रार्थना | रास्वपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल | भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ | नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु | ग्यास लिन लामबद्ध नागरिक | धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि |

रोशी खोलाले बगाएको बिपी राजमार्ग पुनः निर्माण सुरु

Ujyalosandeshonline 11864+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

रामेछाप । असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो । खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए ।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीका अनुसार स्थानीय तहहरू रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण अघि बढाइएको छ । ‘चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानमा वैकल्पिक डाइभर्सन बनाउन योजना बनाइएको छ ।’ अधिकारीले बताइन् ।

उनका अनुसार पानीको धार अहिले पनि भित्तासम्म टाँसिएको छ र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माण कार्य चुनौतीपूर्ण रहेको छ । उनले स्थानीय, प्रहरी र निर्माण व्यवसायीहरूको सहयोगमा काम तीव्र पारिएको बताइन् ।

यसअघि सरोकारवाला निकायबिच बिपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने सहमति भएको थियो । यता, सिन्धुलीको नेपालथोक पट्टी पनि सडक डिभिजन कार्यालय खाल्टे मार्फत सोमबारदेखि डाइभर्सन निर्माण सुरु गरेको छ । उक्त खण्डमा समेत बाढीले सडक कटान गरेपछि वैकल्पिक बाटो खोल्ने प्रयास भइरहेको छ ।

गत वर्ष असोजमा आएको बाढीले बगाएको ठाउँलाई अस्थायी रूपमा मर्मत गरी सञ्चालन गरिएको थियो । तर, यस वर्ष फेरि सोही भागमा बाढीले सडक बगाएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । सडक विभागका अनुसार निर्माण कार्य पूरा गर्न मौसममा सुधार भएमा कम्तीमा एक हप्ता लाग्ने अनुमान गरिएको छ । त्यसपछि मात्र मात्र बिपी मार्गबाट काठमाडौँ आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार