मुख्य समाचार
दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना |

जनकपुरमा ई–रिक्सा चालक आन्दोलित

Ujyalosandeshonline 12551+ समाचार ( )
२९ माघ २०८०, सोमबार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरका ई–रिक्सा चालकहरु आन्दोलनमा उत्रिएका छन् । विभिन्न ६ बुँदे माग राख्दै जनकपुरधामका इ–रिक्सा चालकले सोमबार दिउँसो नगरपालिका अगाडि सडक जाम गरेर नगरप्रमुख मनोजकुमार साहविरुद्ध नाराबाजी गरेका छन् ।

ई–रिक्सा उपमहानगरपालिकामा दर्ता हुनुपर्ने, चालकहरुलाई अनुमतिपत्र, सुरक्षा पोसाक उपलब्ध गराउनुपर्ने, जनकपुरधामका चोकहरुमा ई–रिक्सा स्ट्याण्डको व्यवस्था हुनुपर्ने, स्वास्थ्य जाँच तथा जीवन बिमा उपलब्ध गराउनुपर्ने, संस्थासँग छलफल र समन्वय गरी भाडादर निर्धारण गर्नुपर्ने लगायत माग राखेका छन् । 

एक साताभित्र माग पुरा नभए आन्दोलनका कार्यक्रम चरणबद्ध रुपमा अघि बढ्ने नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष वीरेन्द्रकुमार महतोले बताएका छन् ।

चालकहरुले घण्टौ सडक जाम गरेर विरोध गरेपछि उपमहानगरपालिकाले उनीहरुलाई छलफलका लागि बोलाएको छ । उपप्रमुख किशोरी साहले ८ जना छलफलको लागि समय मिलाएर आउनु भने पछि सडक जाम खोलिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार