मुख्य समाचार
चुनावलाई संसदीय कोणबाट होइन समाजवादबाट हेरौं : विप्लव | भारतको टी–२० विश्वकप टोली घोषणा | मोबाइल व्यवसायी संगठनद्वारा रोहिणीमा आगलागीपीडितलाई राहत वितरण | एमाले निकट अनेरास्ववियुले जेठमा विद्यार्थी महोत्सव गर्ने | ‘सामाजिक सुरक्षा कोषमा ५० अर्ब छ तर श्रमिकले सिटामोल पाएनन्’ | संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुखको निर्देशन | इलाम–२ मा घण्टीका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत | इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी | गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा |

हिमाल सफाइमा नाम्चे पुग्यो सेनाको टोली

Ujyalosandeshonline 2401+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

काठमाडौं । नेपाली सेनाको पर्वतारोहण टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र अरु हिमालको सरसफाइका लागि सोलुखुम्बुको नाम्चेबाट प्रभावित क्षेत्रतर्फ बढेको छ । 

नेपाली सेनाको टोली सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल सफाइका लागि सफा हिमाल अभियान–२०२४ अन्तरगत बुधबार नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।

बाह्र नेपाली सेना र एक शेर्पा सरदारसहित १३ जनाको टोलीमध्ये दुई जना भने आपतकालिन जनशक्तिका लागि नाम्चेमै रहने रणशुर गुल्म नाम्चेका प्रमुख सेनानी प्रचण्ड बिक्रम भारतीले बताए । 

दुई जना आपतकालिन उद्धार तथा समस्याका लागि नाम्चे ब्यारेकमै तयारी अवस्थामा रहने छन् भने अरु ११ जनालाई नाम्चे ब्यारेकले आज बिदाइ गरेको हो ।

यही वैशाख २ गते सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे ओर्लिएको सेनानी आदित्य कार्कीको नेतृत्वको टोली दुई दिन नाम्चेको बसाइपछि आज त्यहाँबाट प्रस्थान गरेको हो । 

‘एन एन्डेवर टु सेभ द हिमालयज’ भन्ने नारा दिईएको यो अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर सङ्कलनको लक्ष्य लिइएको नेपाली सेनाले जानकारी दिएको छ । 

प्रधान सेनापति प्रभुराम शर्माले गत बिहीबार जङ्गी अड्डामा आयोजित एक समारोहमा अभियानका नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई झण्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका थिए ।

नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने सफा हिमाल अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, हिमालयन उद्धार सङ्घलगायतका सङ्घ संस्थाहरूको प्राविधिक सहयोग छ । 

सङ्कलित फोहरमध्ये सड्ने फोहरहरू स्थानीय निकायहरूलाई र नसड्ने फोहरहरू रिसाइकल गर्ने संस्थालाई व्यवस्थापनको लागि हस्तान्तरण गरी समापन गर्ने योजना छ । अभियानले विश्वव्यापी चुनौतीका रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्न नेपाली सेनाकोे विश्वास छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै