२६ ग्रामभन्दा बढी लागूऔषधसहित रोहिणीका देवान नियन्त्रणमा

Ujyalosandeshonline 12326+ समाचार ( )
७ श्रावण २०८३, बिहीबार

भैरहवा । लागूऔषधसहित प्रहरीले रुपन्देहीको तिलोत्तमाबाट एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले तिलोत्तमा नगरपालिका–९ स्थित मंगलापुर चोकबाट रोहिणी गाउँपालिका–७ पर्सा निवासी ४६ वर्षीय अकवाल देवानलाई नियन्त्रणमा लिएको हो ।

शंकास्पद रूपमा हिँडडुल गरिरहेका उनलाई जाँच गर्दा पाइन्टको गोजीमा लुकाइराखेको २६ ग्राम ३५० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । पक्राउ परेका देवानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार