मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर

Ujyalosandeshonline 12548+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले नेपाली कांग्रेसको नयाँ नेतृत्वले लिएको दिशा र युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । जनकपुरधाममा सञ्चारकर्मीसँग आज कुरा गर्दै नेता निधिले सभापति गगनकुमार थापाको नेतृत्वमा देखिएको युवा ऊर्जा र परिवर्तनको सन्देशलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्नुभयो । वर्तमान परिस्थितिमा नेपाली कांग्रेसमा नयाँ जोश, ऊर्जा र एकताको वातावरण देखिएको उहाँको भनाइ थियो ।

नेता निधिले फागुन ६ गते भएको आमसभा कांग्रेसका लागि सकारात्मक सङ्केत भएको बताउनुभयो । उहाँले कांग्रेसभित्र अहिले कुनै ठूलो विवाद वा मतभेद नरहेको समेत स्पष्ट गर्नुभयो । मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले सङ्गठन विस्तार, घरदैलो कार्यक्रम र जनसम्पर्कलाई प्राथमिकतामा राखेको निधिले बताउनुभयो । “स्थानीय मुद्दा, विकासको एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार