मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

विदेश जाने खुशियाली साट्न गोरखकाली हिडेका आमाछोरा मोटरसाइकल दुर्घटनामा अस्ताए

Ujyalosandeshonline 12547+ समाचार ( )
९ माघ २०८१, बुधवार

पोखरा । तनहुँको ऋषिङ गाउपालिका वडा नम्बर ६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दिप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए । सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका वडा नम्बर ५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो ।  

त्यही खुसियालीमा १९ वर्षीय सन्दिपले आमा मधुमाया आलेलाई आज बिहानै ग.प्र.००३–००१ प ०३१० न.को मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर दैबको लिला ! कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनिहरू अस्ताउन पुगेका छन् ।

उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कनस्थित पृथ्वीराजमार्गमा पुग्दा बाक्लो हुस्सुकाकारण चालक रहेका सन्दिपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात÷आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमा – छोरा दुबैले यस संसार छाडेर बिदा भए । दैबले प्रहार गरेको बज्रकाकारण विदेश जाने सन्दीपको सपनामा कुठाराघात भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको मृत्युले आले परिवार शोक विव्हल बनेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार