विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

Ujyalosandeshonline 11139+ समाचार ( )
धिरज कंडेल प्रवन्ध निर्देशक गोरेटो एजुकेशनल कन्सल्टेन्सी
१४ माघ २०८१, सोमबार

धिरज कंडेल शैक्षिक परामर्श क्षेत्रसँगै साहसिक पर्यटन क्षेत्रका एक सक्रिय व्यवसायी हुन् । काठमाडौंको बानेश्वरमा रहेको गोरेटो एजुकेशनल कन्सल्टेन्सीका प्रवन्ध निर्देशक समेत रहेका उनीलामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील छन् । पछिल्लो समय नेपाली विद्यार्थीहरुको रोजाइको देश, नीतिगत र प्रक्रियागत समस्याएवम संभावनाकाबारेमा कुराकानी : 

यतिबेला नेपाली विद्यार्थीहरुका लागि वैदेशिक अध्ययनको समस्या, चुनौति र संभावनाहरु के के छन्?

नेपालबाट  विदेशमा अध्ययन गर्न जाने विषयचुनौतिपूर्ण नै छ । सहजकुनैपनि हिसावबाट  देखिँदैन । कहिलेकाहीं सहजको अर्थ चाँहीकुन देशले कति प्रतिशत मा भिसा दिइरहेको छ भन्ने हिसावमाविश्लेषण गर्न सकिन्छ । पछिल्लो समय हामीले क्यानडाको  विशेष प्रमोशन गर्ने भएकाले  क्यानडामा केहीअसहजहो कीभन्ने देखिन्छ ।  तर  लामो  समय भन्दापनि छोटो समयकालागिगार्होजस्ताभएको हो कि भन्ने हालको अवस्थाले देखाएको छ ।  किनभने कुनैपनि देशले आफ्नो  पोलेसीमातयारी गरिरहेको पाइन्छ ।  क्यानडाले  पनि यो २०२४ र २०२५ लाई केहीतयारीकागरिरहेको देखिन्छ ।  २०२४ को  जनवरीमाक्याम्पिङ इन्ट्रिड्युस गर्यो क्यानडाले, त्यसपछि नेपालीविद्यार्थीहरुको मनोविज्ञान भिसादिँदैन कीभन्ने भयो । र संयोगबस  २०२४ मा त्यति  सोचेको जस्तो  भिसाएप्रुभभएन् । २०२५ मापनि क्यानडाले क्यापिङलागिअधिकतमनम्बर राख्ने कामगरिसकेको छ । ०२५ मापाँचलाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अध्ययनकालागि लैजाने घोषणा गरिसकेको  छ । यसमाखुसीहुनुपर्ने अवस्था देखिन्छ ।

खासमा क्यानाडाले त्यस्तो निर्णय किन गर्यो होला?

कतिपयले क्यानाडाको निर्णयलाई कडाई भनेका छन् । यो कडाई नभइआन्तरिक व्यवस्थापन गरेको हो । कोभिड पछि जुन रुपमाअन्तर्राष्ट्रिय विद्यार्थीहरु क्यानडामा गएतिसिमित सहरहरुमामात्रगएकाथिए । त्यसले  गर्दाखेरी कोठा  र  जागिरमा समस्याआउनथाल्यो । क्यानडा भौगोलिकहिसावले धेरै ठूलो देश हो । त्यसैले अन्य ठाउँहरुमा पनि बराबार रुपमाविद्यार्थीहरु जाउनभन्ने हिसाबले क्यापिङ गरेको  हो । जुन सिटीहरुमापहिला धेरै विद्यार्थीहरु गएका छन् त्यहाँकम गरेर जहाँकमविद्यार्थीहरु गइरहेका ठाउँमा बढी नम्बर दिनेभन्ने कुरा हो ।अप्रिल, मेबाट क्यानडाको राम्रो रुपमाभिसाको निर्णय आउनसक्छ ।

वैदेशिक अध्ययनका लागि अर्थात क्यानाडाका विद्यार्थी विशेष के कुरामाध्यान दिनुपर्छ ?

नेपालीविद्यार्थीहरु पढ्नको  लागिवाकुनैपनि सिटीमा जानको लागि समस्याभएन ।तर सबैभन्दा महत्वपूर्ण कुरा नेपालमाआर्थिक रुपमाकति सबल छौं भन्ने कुराले फरक पार्ने गर्दछ । विशेष गरेर टोरन्टो अथवाअन्य केही सिटीमा जानको  लागिआर्थिक रुपमाअलि बढी प्रेसर हुनसक्छ ।  जागिरको  लागि  र कोठापाउनकालागिअलि धेरै प्रेसर हुनसक्छ । त्यसैले मिल्छ भने  क्यानाडाको अरु ठाउँहरुमा पनिजानआग्रहगर्दछु । विशेषगरी क्यानाडामा गएकाविद््यार्थीहरुको मिक्स खालको प्रतिक्रिया छ । जो विद्यार्थी पढ्नको लागिमात्रभनेर क्यानाडा जानुभएको छ उहाँहरुले  धेरै राम्रो  गर्नुभएको  छ । तर  नेपालबाट  एक वर्षको  कलेजको  पैसातिरौं र काम गरौंलाकमाउँला, घरमा पठाउँला भनेर गएकाहरुलाई गार्हो भएको देखिन्छ । तर समग्रमा क्यानाडामा राम्रो छ तर  भनेजस्तो र सोचेजस्तो कुनै देशमापनि छैन ।

क्यानाडा सरकारको पछिल्लो निर्णयहरुले नेपालीविद्यार्थीहरु आत्तिएका छन् । के नबुझेर हो ?

क्यानाडामा जाने विद्यार्थीहरु अहिले  डराएजस्तो  देखिन्छ । नीतिहरु परिवर्तन हुँदा डराएजस्तो देखिन्छ । जुनक्यापिनको कुरा पनि छ र भिसा सम्बन्धिआउने  कुराहरुमाअलिकति धेरै नै समय लागेकाले पनि हुनसक्छ । खासगरी नेपालको भिसादिल्ली, चन्द्रगढ, बेगलोरबाट आइरहेको छ । तर क्यानाडा र भारतबीचको आन्तरिक लफडाले गर्दाखेरी भिसानिर्णयहरु समयमै आइरहेको देखिदैन् । यस कारण पनि नेपालीविद्यार्थीहरु क्यानाडा अप्लाइ गर्न कम्फरटेबल मानिरहेका छैनन् । विद्यार्थीहरुमाभिसा रद्ध हुन्छ कीभन्ने एउटा डर सवार भएको देखिन्छ । जसको फलस्वरुप धेरै नेपालीविद्यार्थीहरु यूकेलाई रोज्न पनिथालेका छन् । भिसाको  लेबल हाई  भएकाले  यूके  रोजाइमा परेको देखिन्छ । हामीले अर्थात गोरेटो कन्संल्टेन्सीले यूकेमा सेवाविस्तार गरिरहेका छौं । 

यूकेमा विद्यार्थीहरुको रोजाइको विषय कुन कुन हुन् ?

सूचनाप्रविधिअर्थात आइटी , हेल्थमा बढी विद्यार्थीहरु गइरहेका छन् । विशेष गरेर  बिजनेश पढ्न जाने विद्यार्थीहरुको संख्यापनि बढीरहेको छ । क्यानाडामा चाहीं आइटी र कृषिविषय बढी रोजाइमा परेको छ । यस्तै अन्य सेक्टरमाजाने  विद्यार्थीहरुको संख्यापनि देखिन्छ । 

न्यूनतम शुल्क चाहीं कति लाग्छ ?

क्यानाडाको  लागि  एक वर्षको  विद्यार्थीको शुल्ककरिब २० लाखपुग्न आउँछ । क्यानेडियन डलरमाभन्दा २० हजार पर्ला । कुनैमा २० होला त कुनै मा २२ हजार डलर पनि पर्नसक्छ । १७हजार डलर पनि परेको हुनसक्छ ।यसैगरी यूकेमापनि नौंदेखि १२ हजार डलर साथै पाउण्डमा शुल्कतिर्नुपर्छ । यि भन्दामंहगाविश्वविद्यालयहरु पनि छन् । जहाँनेपालीले पैसा खर्च गर्न नसक्लान । तर धेरै शुल्कहुँदा पढाई राम्रो हुने र कमहुँदा पढाइ नराम्रोभन्ने हुँदैन् । त्यसैले जहाँगएपनि फरक पर्दैन् ।

यूकेमाचाहीं कुन सिटीहरु नेपालीविद्यार्थीको रोजाइमा पर्छन् ?

विशेषगरी युकेको इनसाइड लण्डन धेरै विद्यार्थीहरु जानरुचाएको देखिन्छ । तर हामीले त्यहाँजाँदा धेरै शुल्क लाग्नसक्छ लन्डन भन्दाबाहिर पनि सोच्नुहोस भन्ने गर्छौ ।स्कटल्याण्ड, वेल्स, नर्दर आयरल्याण्डहरु पनि छन् भन्ने गरेका छौं । जहाँ सजिलो  हुन्छ त्यहाँविद्यार्थीहरु जाउनभन्ने कुरा हो ।  

भिसा प्रक्रिया कति सहज वा असहज छ ?

यूकेको लागि डकुमेन्ट प्रक्रियात्यस्तो धेरै गार्हो छैन् । यसमाहामीले सपोर्ट गरिरहेका छौं । डकुमेन्ट समिट भएको तीनहप्ताभित्रविद्यार्थीहरुको भिसाआइरहेको हुन्छ । क्यानाडाको भने अनलाइनबाट  भिसाएप्लाई  गर्छौं । भिसाअप्लाइअथवाभिसाप्रोसेसिङको कुरामादुबै देशमाएकदमै सजिलो छ । डकुमेन्टर फाइनान्सियल कुराहरुमाचाँहीयूकेको अलि बढि सजिलो चाँही देखिन्छ । क्यानाडाले धेरै डकुमेन्टखोजिरहेको हुन्छ । 

त्यसोभए क्यानाडा अलिक झन्झटिलो हो ?

होइन, झन्झटिलो र असहजभनेर नभनौं । नेपालमै क्यानडाको दूताबास हुन्थ्यो भने भिसाप्रोसेसिङ सहजहुन्थ्योहोला। यो कुटनीतिक कुरा पनि हो ।दूताबास नहुँदा देखिने समस्याएकातिर होला, नेपालीले विदेशमागएर दःुखपाउँदैगर्दा र हामीले समन्वयगरिरहँदा नेपालमानै दूताबास भए सजिलो हुन्थ्यो भन्ने लाग्छ । अन्यदेशहरु–युके, अष्ट्रेलिया,क्यानाडा, अमेरिकाको कुरा गर्दा नेपालीहरु त्यति धेरै असुरक्षितचाँही छैनन् । त्यो हिसाबमा समस्याचाँहीखासै देखिँदैन् । तर विद्यार्थीले जुन रुपमा क्यानाडा तथाअन्य देश जाने प्रक्रियामा आउनुहुन्छ त्यसबेलाउहाँको तयारीबारे प्रमुख कुरा बुझनुपर्ने हुन्छ । पढ्नकै लागिजाने हो भने आर्थिक तयारी मजबुतहुनैपर्छ । अथवागएर हेरौंै न एकपटक जे हुन्छ हुन्छभनेर जाँदाचाँही समस्या हुन्छ । 

के नेपालको शिक्षा अथवा विश्वविद्यालयहरु गुणस्तरीय नभएकैले नेपालीहरु विदेशिएकाहुन् ?

हामीविद्यार्थीहरुलाई नेपाल ठिक छैन् भन्दैनौं । नेपालमापनि धेरै राम्रा राम्राकलेज वाविश्वविद्यालय छन् । मिल्छ भने यहीपनिएकचोटी प्रयास गरौं । नेपालमा नै गरौं भन्छौं । हाम्रो सुरुको शब्द नै यही हुन्छ । यदीनेपालमाभविष्य छैन् अथवा नेपालमाभएकाकलेज वाविश्वविद्यालयप्रतिचित्तबुझ्दैन् भने बाहिर जानु नराम्रोहोइन् ।नेपालमाजन्मेको भएर नेपालमा नै पढ्नपर्छ भन्ने छैन् । यो ग्लोबलाइजेसनको जमानामाविश्वको कुनैपनिमुलुकमागएर अध्ययन गर्न सकिन्छ । त्यस कारण कुन देश जाँदा धेरै अवसर मिल्छ भन्ने चाहीं बुझ्नपर्छ ।  क्यानाडा, अष्ट्रेलया, यूके, युएस जस्ता मूलुकमाजाँदाभविष्यअलि राम्रो हुन्छ कि भन्ने हो । 

नेपालीमात्रबाहिर जाने नभईबाहिरका विद्यार्थीहरुलाई पनि नेपालमाल्याउन सकिन्छ कि भन्नेपनि सोच्नपर्छ  सरकार र स्टेकहोल्डरहरुले केही कसरत गर्नुभयो भने संभवतविदेशबाटपनिविद्यार्थी नेपालमाल्याएर यहाँकाविश्वविद्यालयवाकलेजहरुसँग भर्नाको लागिपहल गर्न सकिन्थ्यो । सरकारले यसमाकामगरिदियो भने हामीअरुको भन्दाआफ्नै देशको प्रवद्र्धनमा सक्रियहुनेथियौं । 

शैक्षिक परामर्शदाता कम्पनी वा व्यवसायीहरुप्रति सरकारको धारणा कस्तो पाउने गर्नुभएको छ ?

नेपालमा कम्पनी दर्तादेखि लिएर हरेक चरण चरणमा धेरै काम गर्नुपर्ने हुन्छ । कम्पनीदेखि विभिन्ननिकायमा दौडिरहनुपर्छ । आवश्यकताअनुसार विभिन्न निकायबाट स्वीकृतिलिनपर्ने देखिन्छ । तर एउटा छानामूनी नै सबै निकायको सुविधापाउनु पर्छ भन्ने हो । खासमा एउटै छानाबाट जुनप्रयोजनको बिजनेस गर्दैछन् त्यही छानाबाट सबै स्वीकृतिदिए सजिलो हुन्थ्यो ।हामीले राज्यमायोगदान गरेको छौं । त्यसैले हाम्राकर्मचारीहरुको सुरक्षा, बीमा, बैंकिङ लोन सहज रुपमासुविधादिएराम्रो हुन्छ । नेपालमाजतिपनि कन्सलटेन्सीहरु छन् तिनीहरुमा रोजगारीको अवसरहरु सिर्जना हुनेथियो । 

विदेश जाने सोच बनाइ रहनुभएका विद्यार्थी वा अभिभावकहरुलाई के बुझाउन जरुरी छ । 

विशेषत नेपालमा नै पढाउनुहोस् भन्न चाहन्छु । तर कतिपय परिवारमाअहिले बच्चाहरुलाई विदेशमा पढाउने कुरालाई सामाजिकप्रतिष्ठाको विषयबनाइने गरिन्छ तर मिल्छ भने नेपालमै केही गर्नपर्छ भन्ने मानसिकता बनउनपर्छ । यदी नेपालमाभविष्य त्यति राम्रो छैन् भन्ने लाग्छ भने विदेशमागएर पढ्नु नराम्रो होइन् ।आर्थिक अवस्थाले पनिभविष्य कस्तो हुने भन्ने निर्धारण हुन्छ । यदीकोहीआर्थिक रुपमा सक्षमछ भने विदेशमागएर पढ्दा राम्रो नै हुन्छ । तर पढेर नेपालमाफर्कने सोच चाहीं बनाउनपर्छ । 

पछिल्लो समय विदेशमा पढ्न गएकाविद्यार्थीहरु नेपाल फर्केर आएको पनिदेखेको छु । पछिल्लो समय विदेशमागएर पढेर नेपालमाआएर केहीगरिरहेका युवाहरुको संख्या बढेको देखिन्छ । विस्तारै नेपालमा राम्रो वातावरण भयो भने, राजनीतिक स्थिरताभयो भने पक्कैपनि नेपालमा फर्के आउने विद्यार्थीहरुको संख्या बढ्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार