मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

रारामा पाहुना चराको संख्या बढ्यो

दान बहादुर बुढा 45+ समाचार ( )
१२ माघ २०८१, शनिबार

मुगु ।  मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत बर्ष भन्दा यस बर्ष बढेको छ । समुन्द्री सतह बाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोबर ,साईबेरिया लगायतका बिभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरु यस बर्ष बढेका छन् । 

चराविदहरुका अनुसार रारामा पाइने चराहरु साइबेरिया लगायत बिभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन शुरु गर्छन् । यस बर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला , खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरु रारामा देखिने गरेका छन् । 

ति चराहरु बैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोबर,  साइबेरिया जाने गरेका छन् । यस बर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा ,मानिसहरुको आगमन कम हँुदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ । 

रारा राष्ट्रिय निकुञ्जको रेर्कड अनुसार बिगतका बर्षमा रारा तालमा रमाउने पाँच  प्रजातिका तीन सय ४२ हाँसहरु रहेको देखिन्छ भने यसबर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँचसय भन्दा बढी भेटिएको पाइन्छ । 

विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार