मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

‘सरकार प्रति जनताको विश्वास सिर्जना गर्ने गरी काम गरौं’

Ujyalosandeshonline 12457+ समाचार ( )
१९ भाद्र २०८१, बुधवार

काठमाडौं । अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश कुमार घिमिरेले समाज मा न्याय प्रणाली स्थापित हुने गरि काम अगाडि बढाउनु पर्ने बताएका छन् । अर्थ समितिमा भएको बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधन कर्ता सँगको छलफल मा उनले सबैको उद्देश्य पीडितले न्याय पाउनु पर्छ भन्ने रहेको हुनाले त्यो दिशामा, हदम्यादको विषयमा र यसमा समेट्नु पर्ने अन्य विषय वस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्ने बताए । 

उनले भने, ‘हामी कसरी जादै छौ र समाजमा कसरी घटना घटि रहेको छ । ती घटनाहरुलाई एउटा निष्कर्षमा र न्याय प्रणाली पनि स्थापित गरेर अगाडि बढाउने गरि जानु पर्छ । यसमा मन्त्रालयको भनाई भनेको सरकार प्रति जनताले गर्ने विश्वास सिर्जना गर्नको लागि कसरी सकिन्छ यसमा पनि सबैले छलफल गर्न आवश्यक हुन्छ । विश्वसनियताको नै कमि भयो, विश्वास जगाउन सरकारको क्षमता, न्याय प्रणालीले न्याय दिने तरिका सबै कुरालाई विचार गर्नुपर्छ ।

पीडितले न्याय पाउनु पर्छ भन्ने नै उद्देश्य रहेको हुनाले त्यो दिशामा, हद म्यादको विषयमा र यसमा समेट्नु पर्ने विषय वस्तुको बारेमा पनि छलफल गरेर अगाडि बढ्नु पर्छ भन्ने कुरा छ ।’समाजमा घटनाहरु बढ्दै गएको भन्दै यसलाई निष्कर्षमा पु¥याएर जनतालाई न्याय दिने गरी प्रक्रियाहरु अगाडि बढाउनु पर्ने उनको भनाई छ । 

यस्तै, बैङ्किङ्ग कसूर तथा सजाय ऐनमा चेन अनादरको विषयलाई बढि प्राथमिकता दिइएको कुरा माउनले बैंकिङ् तथा वित्तिय प्रणालीमा आएको समस्याहरु समाधान गर्न र यसलाई सुधार गर्नको लागि बैङ्किङ्ग कसूर तथा सजाय ऐन आएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार