मुख्य समाचार
पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन | एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय | भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? | बाढीपीडितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने | घाइतेको उपचार हुँदै | भोटेकोशी–त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति | बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श | भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद | रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन | भोटेकोशी बाढीको जोखिम सुस्तासम्म |

लुम्बिनीमा ललितकला छलफल कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12153+ समाचार ( )
२७ भाद्र २०८१, बिहीबार

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सोमवार ‘लुम्बिनीमा ललितकला’ छलफल कार्यक्रम सम्पन्न भएको छ । छलफलमा लुम्बिनी प्रदेशबाट काठमाडौँ उपत्यकामा रही कलाकर्म गरिरहनुभएका कलाकार, विज्ञ, संस्कृतिकर्मी, जनप्रतिनिधि, राजनीतिज्ञलगायतको उपस्थिति रहेको थियो ।

छलफलमा पूर्व प्रतिनिधि सभा सदस्य सिन्धु जलेसाले गाउँ गाउँमा रहेका लोपोन्मुख कलाको संरक्षण तथा प्रवर्धनको काम गर्नुपर्नेबताए  । उनले ललितकलाका विषयमा जनप्रतिनिधि, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, पालिकाका शिक्षा शाखा, विद्यालयआदिसँग छलफल गरेर पाठ्यक्रम बनाउनुपर्ने धारणा राखे । ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक विषयहरूमा खोज, अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेशमा ललितकलाको विकासका लागि आवश्यक सबै कुराको समन्वय गर्न आफू तयार रहेको बताए । 

कुलपति नारदमणि हार्तम्छालीले ललितकलालाई पालिका, प्रदेश, केन्द्र हुँदै अन्तरराष्ट्रिय स्तरमा पु¥याउनुपर्ने र अन्तरराष्ट्रिय कलालाई नेपाली कला परिवेशमा चिनाउनुपर्नेमा जोड दिए । उनले यसका लागि कला र कलाकारको सर्वेक्षण आवश्यक रहेको बताए । 

उपकुलपति लालकाजी लामाले लुम्बिनी प्रदेशले समग्र  ललितकलाको नेतृत्व गरेर अघि बढ्ने सामथ्र्य राख्ने बताए । उनले ललितकलाका विविध क्षेत्रको पहिचान गर्दै अघि बढ्नुपर्ने धारणा राखे । ‘कलाकारहरू केन्द्रमा मात्रै नभई स्थानीय स्तरमा रहेर पनि कलाको गतिविधिलाई विश्वस्तरमा बढाउन सक्नुहुन्छ ।’उनले भने ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत प्रतिष्ठानका गतिविधि, आगामी योजना, लुम्बिनी प्रदेशमा ललितकला गतिविधि, नेपाली अर्थतन्त्रमा ललितकलाको योगदान, लुम्बिनीमा ललितकला क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यहरू, रैथाने कलाको खोज, अनुसन्धान, संरक्षण÷प्रवर्धन तथा स्थानीय पाठ्यक्रममा कला–शिक्षा समेटिनुपर्नेलगायतका विविध विषयमा चर्चा गरे । 

प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समितिका संयोजक दिनेश्वर महतोले नेपाली ललितकलाको उत्थानमा लुम्बिनी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई थप प्रभावकारी र सहभागितामूलक बनाउन कला शिक्षा, तालिम÷गोष्ठी÷प्रशिक्षण,महोत्सव,प्रदर्शनी, प्रतियोगितामा जोड दिनुपर्ने धारणा राखे ।

संस्कृतिकर्मी विक्रममणि त्रिपाठीले प्रदेशका पारम्पारिक चित्रहरूको विकासका निमित्त नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए । उनले छापा चित्र प्रयोगमा ल्याउनुपर्ने, नयाँ कलाका स्वरूपमा नयाँ कलाकारलाई पनि जोडेर पुरस्कृत गर्नुपर्ने, ललितकलाका विभिन्न समिति बनाउँदा लोकजीवनसँग जोडेर लानुपर्नेलगायतका विषयमा आफ्ना धारणा राखेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार