मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

दुर्घटनामा परि मर्चवारीका पूर्व वडा अध्यक्षको मृत्यु

Ujyalosandeshonline 12342+ समाचार ( )
२६ चैत्र २०८२, बिहीबार

भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहिबार साझ भएको सवारी दुर्घटनामा परी मर्चवारी गाउँपालिकाका पूर्व वडा अध्यक्षको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारीप्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मर्चवारी गाउँपालिका वडा नम्बर ३ बस्ने ४६ वर्षीय विकास यादव (नारायण यादव) सवार मोटरसाइकल  करिब सवा ८ बजे रोकिराखेको  ट्रलीमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । 

घटनापछि घाइते यादवलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिएको थियो। तर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको चन्दले जानकारी दिए । मृतक मर्चवारी गाउँपालिकाको पूर्व वडा अध्यक्ष थिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार