मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

Ujyalosandeshonline 12552+ समाचार ( )
२९ कार्तिक २०८२, शनिबार

लेखनाथ (कास्की) । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा मङ्सिर महिनाभित्रै गर्न केन्द्रलाई सिफारिस गरेको छ । गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित प्रदेशस्तरीय भेलाले सर्वसम्मत निर्णयसहित मङ्सिरभित्रै पार्टीको नियमित महाधिवेशन गर्न माग गर्दै केन्द्रलाई सिफारिस गरेको प्रवक्ता माधवप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

नियमित महाधिवेशन हुन नसकेमा पार्टी विधानअनुसार विशेष महाधिवेशन गर्नुपर्ने निर्णयसमेत प्रदेश समितिले केन्द्रलाई सिफारिस गरेको उहाँले जानकारी दिनुभयो । प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भेलाले भदौ २३ र २४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै पार्टी सभापति शेरबहादुर देउवा दम्पतीमाथि आक्रमणप्रति आपत्ति जनाएको छ ।

भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति शुक्रराज शर्माले मुलुकको बदलिएको राजनीतिक परिस्थितिमा पार्टीको १५औँ महाधिवेशन नियमित रूपमा गर्न आवश्यक भएको र नियमित नसकिए विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली जनतालाई साथमै लिएर कांग्रेसले आफ्नो सिद्धान्तलाई अगाडि सार्नुपर्ने भन्दै पार्टीले आफ्नो  सिद्धान्त छाड्दा जनताबाट टाढा हुँदै गएको जिकिर गर्नुभयो । “जनतालाई मालिक मानेर सेवा गर्न कांग्रेसका नेता कार्यकर्ता लाग्नुपर्छ । त्यसका लागि महाधिवेशन हुनुपर्छ । नियमित महाधिवेशनले मात्र पार्टीलाई बलियो बनाउँछ”, सभापति शर्माले भन्नुभयो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार