मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

मधेश बलियो नभइ कांग्रेस बलियो हुँदैन : अर्थमन्त्री महत

Ujyalosandeshonline 12548+ समाचार ( )
५ पौष २०८०, बिहीबार

जनकपुर । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आधारभूमि मधेश बलियो नभई कांग्रेस बलियो नहुने बताएका छन् । उनले कांग्रेस एक्लैले मधेशमा बहुमत ल्याउने आधार बनाउनुपर्ने धारणा राखेका छन् ।

जनकपुरमा सुरु कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले भने ,‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लैले बहुमत ल्याउने परिस्थिति बनायौं भने देशैभरि कांग्रेसले बहुमत ल्याउँछ ।’ यसका लागि पार्टीमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।

‘त्यसका लागि पार्टीभित्र एकता आवश्यकता छ । आरोप–प्रत्यारोप होइन, संस्थागत निर्णय गर्ने, छलफल गर्ने र छलफलबाट जे निष्कर्ष निस्कन्छ, त्यो लिएर एक स्वरमा जनताको बीचमा जानुपर्छ,’ उनले भने । प्रवक्ता महतले धेरै जनप्रतिनिधि मधेशले दिएको उल्लेख गर्दै मधेश कांग्रेसको आधारभूमि भएको बताए ।

प्रवक्ता महतले एकताको विषय उठाइरहँदा सम्मेलनमा नेताहरुबीच पदीय मर्यादाअनुसार आसन ग्रहणमै मतान्तर देखिएको थियो । पूर्वउपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइराला कार्यक्रमको मञ्चमा आसन ग्रहणको विषयलाई लिएर असन्तुष्टि देखियो । निधि मञ्चमा नउक्लिइ दर्शकदीर्घामै बसे भने कोइराला कार्यक्रममा सहभागी हुन आएनन् । उनी सुनसरी दुहबीमा आयोजित पार्टीकै अर्को कार्यक्रममा सहभागी हुन गए ।

अर्थमन्त्री महतले किसान खुसी पार्न आश्वासन बाँडे । अर्थतन्त्रमा निर्णायक सुधार आउने बताएका उनले मधेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने बताए ।

‘मधेशको आठवटै जिल्लामा सिँचाइको व्यवस्था पनि कांग्रेसले नै गर्नेछ । जति पनि विकास निर्माणको प्रक्रिया अब अगाडि बढ्छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ,’ उनले भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार