मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

हेटौंडामा प्राथमिक शिक्षक तालिम आयोजना हुँदै

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ असार २०८१, बुधवार

मकवानपुर । मकवानपुरको हेटौंडा–४ मा अवस्थित नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम आयोजना गर्ने भएको छ ।

आधारभुत तह कक्षा ४ देखि ७ सम्मका लागि सक्षम शिक्षक तयार गरी बालकेन्द्रित शिक्षण तयार गर्ने उदेश्यले १ वर्षीय डिप्लोमा र्कोस सञ्चालन गरिन लागिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।

तालिममा २४ जनालाई प्रशिक्षण दिईने भएको र प्रशिक्षार्थी भर्नाको लागि कोर्स रजिष्ट्रेसन आरम्भ भैसकेको तालिम कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटिले बताए ।

साथै तालिम पश्चात सहभागिहरुलाई उचित रोजगारीको व्यवस्था समेत गरिने प्रमुख नगरकोटिले बताए  ।

कार्यक्रममा शिक्षा दर्शनः प्रगतिशील शिक्षा (४८ घण्टा), भाषा साहित्य शिक्षण (४८ घण्टा), विज्ञान शिक्षण (४८ घण्टा), सामाजिक अध्ययन शिक्षण (४८ घण्टा), गणित शिक्षण (४८घण्टा), शारीरिक शिक्षा शिक्षण (४८ घण्टा), संगीत र कला शिक्षण (४८ घण्टा), नृत्य शिक्षण (३६ घण्टा), बालबालिकाको समग्र विकास (४८ घण्टा), सिकाइ उपलब्धि (१२ घण्टा), बालबालिकामा फोर सि को विकास (१२ घण्टा) लगायतका विषयवस्तु समेटेर कार्यक्रम सञ्चालन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई मासिक पाचँ हजार पाचँ सय पचास रुपैंया शुल्क लाग्ने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार