मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

शोकलाई शक्तिमा बदल्दै संविधानको संरक्षण गर्दै अगाडि बढ्नुपर्छ : अष्टलक्ष्मी शाक्य

Ujyalosandeshonline 11768+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौं ।  नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान दिवसको अवसरमा वर्तमान परिस्थितिलाई आत्मसात् गर्दै संविधानको रक्षा र कार्यान्वयनमार्फत मुलुकलाई अघि बढाउनुपर्ने धारणा राखेकी छन् । शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले मुलुक अहिले शोकको घडीमा रहेपनि एकताबद्ध भएर अघि बढे शोकलाई शक्तिमा बदल्न सकिने बताइन् ।

‘यतिबेला हामी शोकको घडिमा छौं,’ उनले भनिन्, ‘तर हामी एकताबद्ध भएर अझै दरो एकताका साथ अगाडि बढ्ने हो भने शोकलाई शक्तिमा बदल्न सक्छौं ।’ शाक्यले अहिलेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रको आधार भएको उल्लेख गर्दै त्यसको संरक्षण र कार्यान्वयनमै देशको भविष्य रहेको बताइन् । ‘हामी अत्तालिन जरुरी छैन, निराश हुन पनि जरुरी छैन,’ उनले भनिन्, ‘संविधान छ, संघीय लोकतान्त्रिक गणतन्त्र छ, समाजवादको लक्ष्य बोकेको संविधान छ ।’

उनले वर्तमान राजनीतिक संरचनामध्ये राष्ट्रपति, उपराष्ट्रपति, प्रदेशसभा र स्थानीय सरकार कायम रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटन नभएको भए अझ राम्रो हुने धारणा पनि राखिन् । शाक्यले संविधानलाई समयअनुकूल परिमार्जन गर्न सकिने सम्भावनाको संकेत पनि दिँदै भनिन्, ‘संविधानलाई आत्मसाथ गरेर नयाँ नेपालको लागि अगाडि बढ्न जरुरी छ। संविधान परिस्थिति अनुकूल परिमार्जन गरेर पनि सबैको सरसल्लाहमा अघि बढ्न सकिन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै