मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

सहकारीले आफैँलाई विश्वासिलो वित्तीय सारथीका रुपमा स्थापित गर्नुपर्छ : प्रदेश प्रमुख शर्मा

Ujyalosandeshonline 12547+ समाचार ( )
२० चैत्र २०८०, मङ्गलबार

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सहकारी संस्थाहरू आफैँले विश्वासिलो वित्तीय सारथीका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । बचतकर्ता, सहकारीकर्मी र सरकारसमेत मिलेर सहकारीका विकृति–विसंगतिको अन्त्य गर्नुपर्नेमा उनको जोड छ । 

मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख शर्माले सहकारीमा आइपरेका विकृति–विसंगतिको अन्त्य गरी आफ्ना मूल्यमान्यतामा आधारित भएर सहकारी सञ्चालन गरिनुपर्ने धारणा राखेका छन् । 

‘आफ्ना सदस्यहरुको बचत सुरक्षा गर्नु, सहकारीमा आइपरेका विभिन्न विकृतिको अन्त्य गर्नु र यसको मूल्य, मान्यता एवम् सिद्धान्त बमोजिम विश्वासिलो वित्तीय सारथीका रुपमा समाजमा स्थापित गराउनु सहरकारीको आफ्नै दायित्व हो,’ उनले भनेका छन् । 

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई नियन्त्रण गर्दै नीति, विधि एवम् पद्धति अनुसार सहकारी सञ्चालनका लागि यसमा संलग्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा शर्माले जोड दिएका छन् । 

प्रमुख शर्माले सन्देशमा समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका विपन्न वर्गलाई समेटी उनीहरुको आर्थिक रुपान्तरणमा सहकारीहरुको योगदान अत्यन्त महत्वपूर्ण रहेको जिकिर गरेका छन् । मंगलबार ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरण’ भन्ने नारासहित राष्ट्रिय सहकारी दिवस मनाइदैछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार