मुख्य समाचार
धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो विद्युत चुहावटमुक्त पालिका | समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड | कोटहीमाई–४ मा राप्रपाको वडा कार्यसमिति गठन, अध्यक्षमा मनोहर पासी | नीतिगत र कानुन सुधार मन्त्रालयको प्राथमिकतामा छ : गृहमन्त्री | पांच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कोटहीमाई–३ मा वडा कमिटी गठन, अध्यक्षमा कुर्मी | आफ्नो कुकर्म ढाकछोप गर्न दुई ठुला दल मिलेका छन् : राजेन्द्र महतो | आउने फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी | भाषणले मात्रै देश बन्दैन : सांसद भण्डारी | नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ |

बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी

Ujyalosandeshonline 5843+ समाचार ( )
७ माघ २०८१, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ् सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरुसँग छलफल गरिरहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव समारोहमा उनले वर्तमान समयमा बैंकिङ् क्षेत्रमा आएको अराजकताले दिर्घकालमा देशको अर्थतन्त्रलाई कति असर पार्छ भन्ने कुरामा जानकार रहेको भन्दै यसको समाधान हुने विश्वास दिलाएका छन् । 

उनले भने, ‘बैंकको ऋण नतिर्न भनेर उस्काउने अराजक गतिविधिहरुको असर पनि धेरै ठाँउमा छ । यस्ता चुनौतीहरु भए पनि बैंकका साथिहरु खट्नु भएको छ । हामीले पनि निरन्तर रुपमा सम्बन्धित निकायहरुमा बैंकिङ् सिस्टममा यो अराजकताको असर कति ठूलो छ ।

दिर्घकालमा देशको अर्थतन्त्रलाई यसले कति असर पार्छ भन्ने कुरामा हामी जानकार छौं । र यस विषयमा सरोकारवालाहरुसँग छलफल भईरहेको छ । यस्ता विषयहरु सधैँ रहदैनन् । समाधान हुदैँ जान्छन् ।’यसको साथै, पछिल्लो समय मुद्रास्फीति, बैंकमा तरलता बढेको भन्दै बैंकहरु व्यवस्थित हुदैँ गएको बताए । 

उनले भने, ‘समग्र रुपमा अर्थतन्त्रका आधारभूत कुराहरु एकदमै राम्रो देखिन्छन् । हामी बाह्य ए क्षेत्रमा सबल छौ । मुद्रास्फीति पनि धेरै तदसम्म बढेको छ । पछिल्लो महिना बाढि पहिरोको कारण असर परेको हो जसका कारण खाद्य र पिय पदार्थ तिरको मुद्रास्फीति बढेको छ । तर पनि औसतमा अहिले सम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ त्यो मुद्रास्फीति भएको अवस्था छ ।

बैंकमा तरलता एकदमै राम्रो छ, बैंकहरु व्यवस्थित छन् । बैंकहरु नाफा र रिकभर हुदैँछ ।’ उनले पछिल्लो २ महिनामा पुँजीगत निर्माणसँग सम्बन्धित सामानहरु आयात हुन थालेको भन्दै सकारात्मक पक्ष र क्षमता धेरै हुदाँ निरुत्साहित नहुन पनि आग्रह गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार