मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

तीजको अवसरमा अग्रहरि समाजद्वारा भैरहवामा तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न

महेश गुप्ता 2+ समाचार ( )
७ भाद्र २०८२, शनिबार

भैरहवा । अग्रहरि सेवा समाज तथा उपसमिति अग्रहरी महिला मञ्च रुपन्देहीले हिन्दु महिलाहरुको महान चाडपर्व हरितालिका तीजको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरेको छ । भैरहवामा आयोजित "तीज मिलन तथा दर खाने कार्यक्रम" मा समुदायका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

अग्रहरी महिला मञ्चकी अध्यक्ष आरती अग्रहरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रीय वैश्य महासंघ नेपाल, रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ता रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुप्ताले यस्ता कार्यक्रमले महिलाहरुलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो । उहाँले हरितालिका तीजलाई केवल मनोरञ्जनको माध्यम मात्र नभई महिला सशक्तीकरण र संस्कृतिको संरक्षण गर्ने महत्वपूर्ण अवसरको रुपमा व्याख्या गर्नुभयो ।

कार्यक्रममा अग्रहरि सेवा समाज, रुपन्देहीका निवर्तमान अध्यक्ष सियाराम अग्रहरि, संस्थापक अध्यक्ष जोगेन्द्र अग्रहरि, डा. योगेन्द्र अग्रहरि, माया अग्रहरि, डा. शकुन्तला गुप्ता, इन्दु कुँवर, र राधारमण अग्रहरि लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा अग्रहरि समाजका पदाधिकारीहरु पारस नाथ अग्रहरि, मधु अग्रहरि, बिन्दवाशिनी अग्रहरि, मिरा अग्रहरि, सिमा अग्रहरि, मीना अग्रहरि, विनीता अग्रहरि, र प्रियंका अग्रहरि लगायतको सक्रिय सहभागिता रहेको थियो ।

विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समेत समावेश गरिएको उक्त कार्यक्रमको सञ्चालन आँचल अग्रहरीले गर्नुभएको थियो । कार्यक्रममा नृत्य, पास-पास, र बेलुन फुटाउने जस्ता रमाइला खेलहरु पनि खेलाइएको थियो, जसले कार्यक्रममा थप रौनक थपेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार