मुख्य समाचार
पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक | अधुरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस | नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल |

लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान

Ujyalosandeshonline 11435+ समाचार ( )
३ माघ २०८१, बिहीबार

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् । काथुमको गोठपानीमा लक्ष्मी–नारायण मन्दिर बनाउन स्थानीय सुन्दरलाल श्रेष्ठ र उनको परिवारले जग्गा दान गरेका हुन् । मन्दिर निर्माणको लागि ५ लाख मूल्य पर्ने १ रोपनी ६ आना जग्गा श्रेष्ठले दान गरेका वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । 

जग्गादातालाई लक्ष्मी–नारायण मन्दिर संरक्षण समितिले सम्मान गरेको छ । समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको अध्यक्षता तथा वडाध्यक्ष रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जग्गादातालाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अत्ति ठुलो मनका भएको बताए । मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै उनले त्यसलाई खर्च गर्न सक्ने र त्यो पनि सही ठाउँमा खर्च गर्न सक्ने क्षमता पनि हुनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार