मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

पाल्पामा निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान, परीक्षा छुटेकालाई पुनः अवसर

Ujyalosandeshonline 11005+ समाचार ( )
११ माघ २०८२, शनिबार

पाल्पा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि अपुग जनशक्ति पूर्ति गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले 'निर्वाचन प्रहरी' भर्नाका लागि दरखास्त आह्वान गरेको छ । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार इच्छुक उम्मेदवारहरूले यही माघ १० र ११ गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म जिल्ला प्रहरी कार्यालय पाल्पा, सशस्त्र प्रहरी बल नेपाल गुल्म नं. ३५ र इलाका प्रहरी कार्यालय रामपुरमा उपस्थित भई दरखास्त दिन सक्नेछन् । आवेदनका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, शारीरिक तथा मानसिक रूपले स्वस्थ र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका व्यक्तिहरू योग्य मानिनेछन् ।

छनोट प्रक्रियामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन रक्षकबाट सेवा निवृत्त भएका व्यक्तिहरू, विगतमा म्यादी प्रहरीका रूपमा काम गरेका र विदेशी सुरक्षा निकायमा काम गरी निवृत्त भएका नेपाली नागरिकहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । आवेदकले पासपोर्ट साइजको ५ प्रति फोटो, नागरिकता, शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्रहरू साथमा लिएर जानुपर्नेछ ।

यसैगरी, कार्यालयले यसअघि पुस २५ देखि माघ ३ गतेसम्म दरखास्त फारम दर्ता गराएर पनि विविध कारणले शारीरिक तन्दुरुस्ती तथा लिखित परीक्षामा सहभागी हुन नसकेका उम्मेदवारहरूका लागि पनि पुनः अवसर प्रदान गरेको छ । त्यस्ता उम्मेदवारहरूले जिल्ला प्रहरी कार्यालय पाल्पामा सम्पर्क गरी आफ्नो प्रवेश पत्र र नागरिकता लिई माघ १२ गते बिहान ८ बजे हुने परीक्षामा सहभागी हुन सक्ने व्यहोरा समेत प्रहरीले जानकारी गराएको छ । थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर वा नजिकको प्रहरी कार्यालयमा बुझ्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार