मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

धकधईमा ‘ग्रीन रोहिणी’: वातावरण जोगाउन ४०० भन्दा बढी बिरुवा रोपी वितरण

Ujyalosandeshonline 12441+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

धकधई । रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीको आयोजनामा धकधई खानेपानी तथा सरसफाइ संस्थामा "ग्रीन रोहिणी" नामक वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ। वातावरणलाई हराभरा बनाउने उद्देश्यका साथ आयोजित सो कार्यक्रममा ४०० भन्दा बढी बिरुवा वितरण गर्नुका साथै वृक्षारोपण समेत गरिएको छ।

रोटरी डिस्ट्रिक्ट ३२९२ को एक लाख बिरुवा रोप्ने अभियान अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रम रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रोहिणीका अध्यक्ष रुद्रराज सिग्देल, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष गङ्गाधर भण्डारी, धकधई खानेपानी संस्थाका अध्यक्ष अनिल कुमार कौशल र क्लबका संस्थापक अध्यक्ष रामकृष्ण बराल लगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा क्लबका बोर्ड सदस्य, साधारण सदस्य तथा धकधई र कदमहवा क्षेत्रका सर्वसाधारणको उपस्थिति रहेको थियो। सो अवसरमा क्लबका अध्यक्ष सिग्देलले वातावरण संरक्षण र सामाजिक सकारात्मक परिवर्तनका लागि यस्ता अभियान फलदायी हुने बताउँदै वृक्षारोपण अभियानमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्णमा आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार