मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


लोप हुँदै मुस्ताङका ‘पानी घट्ट’

Ujyalosandeshonline 11005+ समाचार ( )
६ कार्तिक २०८२, बिहीबार

मुस्ताङ । कुनै बेला यहाँका ९६ वटै गाउँ बस्तीमा उवा, जौँ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानी घट्ट’ प्रयोग गर्ने संस्कृति थियो । खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत ‘पानी घट्ट’ चल्थे । 

विद्युतीय सुविधा नहुँदा त्यसबेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानी घट्ट एकमात्र विकल्प थियो । तर, अचेल त्यो जमाना पूरै फेरिएको छ । पछिल्लो समय तीव्रगतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा प्रचलनका रूपमा रहेको परम्परागत ‘पानी घट्ट’ संस्कृति विस्तारै लोप हुने अवस्थामा छ । 

प्राचीनकालदेखि नै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमका रूपमा रहेको यस प्रकारको परम्परागत संस्कृतिका रूपमा परिचित ‘पानी घट्ट’ संरक्षण गर्नसमेत यतिबेला मुस्किल पर्ने देखिएको छ । हिमाली जिल्लामा रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिका रूपमा स्थापित बनेको परम्परागत ‘पानी घट्ट’ अचेल प्रविधिको विकाससँगै मुस्ताङका अधिकांश गाउँहरूमा लोप हुन थालेका छन् । पिसानी सहज बनाउने परम्परागत ‘पानी घट्ट’ सङ्कटमा परेको हो ।  

घरपझोङ–५ ठिनीमा गाउँहरूको सामूहिक एक परम्परागत पानी घट्ट सञ्चालनमा छ । यहाँको पानी घट्ट गाउँलेबाट वार्षिक तीन हजार शुल्क बुझाउनेगरी ढुम्बा स्थानीय हिमा गुरुङले सञ्चालन गरेका छन् । ठिनी गाउँबाट दुई वर्षदेखि पानी घट्ट आफूले सञ्चालन गर्दै आइरहेको हिमा बताउनुहुन्छ । 

पानी घट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरेको सञ्चालक गुरुङ बताउनुहुन्छ । धेरैजसोले छिटोछरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्टमा घण्टौँ लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ । सञ्चालक गुरुङ भन्नुहुन्छ, “पानी घट्टको महत्व र यसबाट हुने फाइदा बुझेकाहरू पीठो पिस्न यहाँ आउनुहुन्छ ।” यहाँ आफूले चलाएको पानी घट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेको गुरुङले बताउनुभयो ।   

पानी घट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जाँै, गहुँ र मकै पिस्न आउने गरेको जानकारी दिनुभयो । यहाँका पानी घट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको उहाँको भनाइ छ । खेतीपातीमा सिँचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानी घट्ट चलाउने गरेको उहाँले उल्लेख गर्नुभयो । पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरू सुक्दै जान थालेपछि पानी घट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको जनाउनुभयो ।   

ठिनी पानी घट्टमा फापर पिस्ने सेवा लिन जानुभएकी घरपझोङ–४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानी घट्टको महत्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । पानी घट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवर्द्धक र दिगो हुने भएकाले आफू सधैँ पानी घट्टमा धाउने गरेको बताउनुभयो । 

पछिल्लो समय विद्युती मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नब्रिने र धैर समयसम्म राख्न टिकाउ हुने भएकाले पानी घट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गर्नभयो । मानिसहरू छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानी घट्टमा जाने प्रचलन हराउँदै जान थालेको उहाँको भनाइ छ । जोमसोममा रहेको दुई पानी घट्टमध्ये एक पूरै बन्द भएको र अर्को पानी घट्ट चलाउन सिँचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताउनुभयो ।

त्यसैगरी, घरपझोङ–५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आइरहनुभएकी सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताउनुभयो । मेसिनमा पिसेभन्दा पानी घट्टमा पिसेको पीठो स्वस्थ्यकर र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने भएकाले पानी घट्टको संरक्षण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।  

पानीको सहायताले घट्टको जाँतोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानी घट्ट मुस्ताङका केही गाउँमा मात्र रहेको छ । यहाँ सदियाँैदेखि घरेलु प्रविधिका रूपमा अपनाइएको परम्परागत पानी घट्ट संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्न सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने देखिएको छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार