मुख्य समाचार
मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की | दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान | जुम्लामा मार्सीधान काट्ने चटारो | सिँचाइ र सहरी विकासका लागि नयाँ कानुन निर्माण गरिँदै : मन्त्री सुनिल लम्साल | सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै |

लुम्बिनीमा लगानी भित्र्याउन मुख्यमन्त्री आचार्यले बढाए सक्रियता

Ujyalosandeshonline 12552+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउन सक्रियता बढाएका छन् । कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानीकर्ताको खोजी गर्न मुख्यमन्त्री आचार्यले दातृ निकायहरुका प्रतिनिधिसँगको भेट र छलफललाई प्राथमिकतामा राखेका हुन् ।

यही क्रममा बेलायती दूतावासकी सहायक राजदुत तथा डेभलपमेन्ट निर्देशक पिप्पा बर्ड र अमेरिकी विकास नियोगका नेपाल प्रतिनिधि केटी डोनोहोसहितको एक प्रतिनिधि मण्डलले मुख्यमन्त्री आचार्यसँग सोमबार शिष्टाचार भेटवार्ता गरेको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए ।

प्रदेश सरकारले अघि बढाएका नीति तथा कार्यक्रमका आधारमा दातृ निकायका प्रतिनिधि तथा लगानीकर्ताहरु पनि लुम्बिनी प्रदेशलाई प्राथमिकतामा राखेर अघि बढेको पाइएको छ । सो क्रममा लुम्बिनी प्रदेशको प्राथमिकताका क्षेत्रको बारेमा समेत अन्तरक्रिया गरिएको थियो । 

मुख्यमन्त्री आचार्यले प्रदेशको समृद्धि र विकासलाई अघि बढाउन प्रदेश सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रहरुमा दातृ निकायहरुसँग सहकार्य गरेर अघि जान सकिने बताए । ‘प्रदेश आत्मनिर्भर हुने बाटोमा छ । अझैं आत्मनिर्भर भइनसकेको अवस्थामा दातृ निकायहरुको साथ र सहयोगको आवश्यकता छ । प्रदेशको कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्र प्राथमिकता छन् । ती क्षेत्रमा सँगै जान सकिन्छ’उनले भने,‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सबैसँग सहकार्य गरेर अघि बढ्न हामी तयार छौं ।’ 

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशले दोस्रो आवधिक योजनालाई अन्तिम अवस्थामा पु¥याएको, तथ्यांकको आधारमा योजना तथा नीति निर्माणको काम अघि बढेको, डाटा पोर्टल स्थापना गरेर त्यसलाई प्रयोगमा ल्याएको बारेमा भेटको क्रममा जानकारी दिएका थिए । सो अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा.डिल्लीराज अर्यालले प्रदेशको समृद्धि र विकाससँग जोडिएका विषयहरुको बारेमा प्रकाश पारेका थिए ।

प्रदेश सरकारले कृषि, पर्पटन, उद्योग र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर दोस्रो आवधिक योजना निर्माण गरिरहेको समेत जानकारी गराइएको थियो । सो भेट तथा अन्तरक्रियामा पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, सभामुख तुलाराम घर्ती मगर, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव लगायत सम्बद्ध पक्षहरुको सहभागीता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार