मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनी पक्राउ

Ujyalosandeshonline 12612+ समाचार ( )
१२ असार २०८२, बिहीबार

सिरहा । डाँका तथा संगठित अपराधसम्बन्धी गम्भीर मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले सिरहा–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ । उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१२ निवासी ३० वर्षीय सुजन विक लामो समयदेखि भारतमा लुकिछिपी बस्दै आएका थिए। प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले मिति २०८२ असार १२ गते बिहान करिब १ः०० बजे सिरहा नगरपालिका–१७, खैरटोका नजिकैबाट लोहनीलाई नियन्त्रणमा लिएको हो ।

मिति २०७९ फागुन १० गते करिब २ः४५ बजे सिरहा मिर्चैया नगरपालिका–३ स्थित बताहा पुल नजिक ग्लोबल आइएमई बैंक कल्याणपुर शाखामा कार्यरत कर्मचारीले नौ लाख रुपैयाँ बैंकबाट निकाली मोटरसाइकलमा बोकी कार्यालयतर्फ जाँदै गर्दा डाँकाको घटना भएको थियो ।

उक्त मोटरसाइकलमा कर्मचारीसँगै सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जवान नितेश खवास पनि थिए। तर बाटोमा निलो रंगको यमाहा ःत् मोटरसाइकल र रातो रंगको त्ख्क् अपाचे मोटरसाइकलमा आएका चार जना सशस्त्र व्यक्तिहरूले उनीहरूलाई कुटपिट गर्दै हतियारको डर देखाई रकम लुटेर फरार भएका थिए ।

प्रहरी अनुसन्धानबाट घटनामा संलग्न मुख्य आरोपीमध्ये एक लोहनीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहा मार्फत सिरहा जिल्ला अदालतमा पेश गरिएको छ। बाँकी फरार प्रतिवादीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार