मुख्य समाचार
निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व | मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल | दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो | मर्चवारको विकासका लागि सडक, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिइने: पूर्वाधार विकासमन्त्री लम्साल | पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित | विपश्यना आत्मशुद्धि र शान्तिको मार्ग | नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा | निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी | ‘दसैँ गाउँमा नै रमाइलो’ | मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहरः महानिरीक्षक कार्की |

तेह्रथुमको फेदापमा आगलागी, घटनास्थल पुग्दै सुरक्षाकर्मी

Ujyalosandeshonline 12560+ समाचार ( )
४ चैत्र २०८०, आइतबार

विराटनगर । तेह्रथुमको फेदाप गाउँपालिका–१, मयन्तापामा आगलागी भइरहेको छ । जंगलमा लागेको डढेलो फैलिएर बस्तीमा आइपुगेको अनुमान गरिएको छ । पछिल्लो जानकारीअनुसार दर्जनभन्दा बढी घर जलेर नष्ट भएका छन् ।

आगोले स्थानीयका घर, घरभित्रका धनमाल अनि केही चौपायाहरु समेत जलेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।घटनास्थलमा सदरमुकाम र आसपासका चौकीबाट प्रहरी तथा सेनाको टोली घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने यकिन भइसकेको छैन । घटनास्थलमा पुगेर आगो निभाउने साथै स्थानीयको उद्धार गर्ने काम प्राथमिक रुपमा गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी आएको छैन । यसअघि हिजो तेह्रथुमकै आठराई गाउँपालिका–१ संक्रान्तिबजार नजिकै गाउँमा आगलागी हुँदा चारवटा घर जलेका थिए । प्रहरीका अनुसार स्थानीय देवी गौतम, बलराम गौतम, गणेश गौतम, गोविन्द गौतमको घर र दुई वटा गोठ जलेका हुन् ।

शनिबार मोरङ, तेह्रथुम र भोजपुरमा आज भएका आगलागीको घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका थिए । मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिका–३ आज अपराह्न भएको आगलागीमा परी स्थानीय सन्थाल समुदायका २२ वटा घर जलेका थिए् ।

यस्तै, भोजपुरको भोजपुर नगरपालिका–१२ मालबाँसेमा आजै भएको आगलागीमा केही स्थानीयको घर जलेर नष्ट भएको छ । हिजो साँझ भोजपुरकै हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागी हुँदा एक बालिका र दुई बालकको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार