मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

सौर्य एयरको विमान दुर्घटनाः त्रुटि पत्ता लगाउन मन्त्री पाण्डेले थाले छलफल

Ujyalosandeshonline 12463+ समाचार ( )
९ श्रावण २०८१, बुधवार

काठमाडौं । बुधबार बिहान दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि ११ः११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए ।

उनले जहाजका क्याप्टेन मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्था बारे जानकारी पनि लिएका छन् ।

दुर्घटनामा परी १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् ।  मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाएका छन् । उनले नेपाल वायुसेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरुसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताए ।

आगामी दिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिक कमजोरी के थियो पत्ता लगाउन मन्त्री पाण्डेले सम्बन्धित निकायका कर्मचारीहरुसँग छलफल अगाडि बढाएका हुन् ।

दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले पनि घटनास्थलको भ्रमण गरेका छन् । प्रधानमन्त्री ओलीले सम्बन्धित कर्मचारीहरुसँग छलफल समेत गरेका छन् ।

उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव सङ्कलन गरिएको तथा एक घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको नागरिक उड्डयन प्राधिकरणले बुधवार दिउँसो विज्ञप्तिमार्फत् जनाएको छ ।

प्राधिकरणका अनुसार सो विमान ‘एनुअल मेन्टेनन्स प्रोग्र्याम’का क्रममा थियो। सो विमान त्रिभुवन विमानस्थलको उत्तरपूर्वी भेगमा खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार