मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

नयाँ वर्षको इलामेली रमझम : अन्तुमा महोत्सव, कन्याममा भीड

Ujyalosandeshonline 11004+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

इलाम । इलाम–२ मा उपनिर्वाचनको सरगर्मी बढेकाले एकातिर दलहरु आआफ्ना उम्मेदवार लिएर घरदैलोमा छन् । अर्कातिर आन्तरिक पर्यटकको ठूलो भीड इलाम उक्लिएको छ । 

जिल्लाका चर्चित पर्यटकीय स्थलमा भने नयाँ वर्ष मनाउँदै घुम्न जाने लहर चलेको हो । अन्तुडाँडामा जारी ‘अन्तु पर्यटन महोत्सव’ले घुमन्तेलाई तानेको छ । सूर्योदय नगरपालिकाको आयोजनामा शुक्रबार र शनिबार अन्तु महोत्सव भएको हो । 

आयोजक समिति संयोजक तथा नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बरालका अनुसार महोत्सवको पहिलो दिन ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फिनाले’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र सांगीतिक कार्यक्रम गरिएको छ । 

महोत्सवको दोस्रो दिन शनिबार अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लाप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र सांगीतिक लगायतका कार्यक्रम राखिएको बरालले जानकारी दिए ।

अन्तुमा महोत्सव चलिरहे पनि नजिकैको कन्याममा शनिबार आन्तरिक पर्यटकको थेगिनसक्नु भीड लागेको छ । स्थानीय क्लबहरुको आयोजनामा कन्याममा एक साता लामो पर्यटन मेलाको आयोजना गरिएको छ । यसपटक मौसम सफा देखिएपछि कन्याम चिया बगानमा पर्यटकहरुको भीड छ ।

स्थानीय अगुवा सन्तोष गुरुङका अनुसार अन्तुमा चलिरहेको महोत्सवमा र कन्याममा पर्यटकहरुको भीड अत्यधिक छ । ‘मेची राजमार्गसँगै रहेको कन्याममा ‘सर्ट ट्रिप’का पर्यटक बढी देखिएकाले अन्तुमा भन्दा कन्याममा वैशाख १ गतेका दिन पर्यटकको संख्या अत्यधिक छ । स्थानीय युवाहरुले हर्कटे, डुंढेगहिरा, हुरहुरे क्षेत्रमा मेलाको आयोजना गरेकाले पर्यटकले थप मनोरन्जन लिइरहेका छन्,’ गुरुङले भने । रोङ गाउँपालिका रहेको सानी पाथीभरा देवीको दर्शनमा आएको पर्यटक पनि कन्याममा रमाउन पुग्ने गरेका छन् । 

कन्याम पूर्वी नेपालको लोकप्रिय वनभोज स्थल पनि हो । कन्याम चिया बगानमा फोटो खिच्न र घोडा चढ्न पर्यटक आकर्षित हुने गरेका छन् । पिकनिक र शैक्षिक भ्रमणमा आउने आन्तरिक पर्यटकले घोडा चढ्ने गरेका छन् । विभिन्न जातजातिको मौलिक पोसाकमा सजिएर तस्वीर खिच्न पाइने भएकाले तन्नेरीहरु बढी झुम्मिएका छन् । 

कन्याम आसपासका क्षेत्रहरु फिकल, श्रीअन्तु, समालबुङ, पशुपतिनगरको हरियाली दृश्य देखिनुका साथै सगरमाथा, कुम्भकर्ण जस्ता हिमालको दृश्य पनि यहाँबाट देख्न सकिन्छ । पछिल्लो समय भौतिक संरचनाको विकास, पर्यटकीय आकर्षणका पोइन्टहरुको निर्माणले पर्यटकलाई थप आकर्षित गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार