मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

प्राकृतिक स्रोतसाधनको उचित उपयोग भए नेपाल विश्वकै धनी हुन्छ : महतो

Ujyalosandeshonline 11768+ समाचार ( )
३० श्रावण २०८२, बिहीबार

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा गरिएको छ । बिहीबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुबै पार्टीले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने बताएका छन्  ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले देशको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै वर्तमान शासन प्रणाली र प्रमुख राजनीतिक दलहरूप्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘देश बन्छ कसरी? दुनियाँको कंगाल राष्ट्र बनिसक्यो नेपाल । प्रकृतिको सबै सम्भावना हुँदाहुँदै पनि हामीले देश डुबायौं ।’

महतोले नेपालको प्राकृतिक स्रोतसाधनको उचित उपयोग भएको भए आज नेपाल विश्वकै धनी राष्ट्र बन्न सक्ने दाबी गरे । ‘प्रकृतिले दिएको हरेक कुराको सही प्रयोग भएको भए, दुनियाँको सबैभन्दा सम्पन्न राष्ट्र नेपाल हुन्थ्यो,’ उनले भने । उनले वर्तमान नेतृत्वलाई देशको पछिल्लो दुर्दशाका लागि जिम्मेवार ठहर गर्दै प्रमुख तीन दल—कांग्रेस, एमाले र माओवादी—प्रति आक्रोश पोखे । ‘राजापछि यिनै पार्टीहरूले देश चलाए । देश बनेन् भने यसको जिम्मा कसले लिन्छ ?’ भन्दै उनले प्रश्न गरे ।

महतोले लोकतन्त्रको नाममा लुटतन्त्र मौलाएको आरोप पनि लगाए । उनले देशको लाखौं युवा रोजगारी को खोजीमा विदेशिनु परेकोप्रति चिन्ता व्यक्त गर्दै ५० लाखभन्दा बढी युवाहरू देश छाडेर भागिरहेको बताए । उनले भने, ‘आज के भएको छ ? जन्मिँदैखेरि लाखौं रुपैयाँ ऋण हाम्रो टाउकोमा लिएर जन्मिनुपर्ने कस्तो देश बनायौं हामीले । यो देशमा हाम्रो सन्तानले बस्न चाहेको छैन । ५० औं लाख जवान युवाहरु देश छोडेर भागिरहेका छन् ।’

संघीयता, लोकतन्त्र र गणतन्त्रमाथि प्रहार भयो : अशोक राई

यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरु कायम नै रहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्था रहेको भन्दै खतराबाट मुक्त भइनसकेको बताए ।

उनले भने, ‘अहिलेको अधिकार प्राप्तीका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रलाई  सुदृढ गर्ने, प्राप्त उपलब्धिलाई सुरक्षा गर्ने, थप उपलब्धिलाई प्राप्त गर्नको निम्ति संघर्ष गर्ने बाटो नै सही हो । अहिले पनि हाम्रो मुलुकमा संघीयता, लोकतन्त्र र गणतन्त्र तीनवटै क्षेत्रमा प्रहार गर्ने शक्तिहरु कायम नै छन् । यो खतराबाट मुक्त भएका छैनौं । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि अहिले पनि धावा बोल्ने अवस्थाहरु छँदैछन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार